June 16, 2024

एजेन्सी – आर्सनल प्रिमियर लिग उपाधि जितेरै छाड्ने लयमा देखिएको छ। गएको डेढ दशक भन्दा बढी समय देखि प्रिमियर लिग उपाधि जित्न नसकेको आर्सनल यस पटक भने प्रिमियर लिग जित्न दृढ देखिएको हो।

आर्सनलले शनिबार राति लिड्स युनाइटेडमाथि सानदार जित निकाल्यो। घरेलु मैदान इमिरेट्स स्टेडियम लन्डनमा भएको खेलमा आर्सनलले शनिबार राति ४-१ को सानदार जित निकालेको हो।

खेलभर बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमण गर्दा आर्सनलको जित सम्भव भयो। खेलभर आर्सनलले ६८ प्रतिशत नियन्त्रण बलमा राखेको थियो। खेलभर आर्सनलले १३ प्रहार गरेको थियो।

त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए। त्यस्तै ४ प्रहार गोलमा परिणत हुन सफल भए। यस्तै पाहुना टोलीको तर्फबाट भने ७ प्रहार भए। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर गोलमा भने एक प्रहार मात्रै परिणत हुन सफल भयो।

आर्सनलको जितमा जेससले दुई गोल गर्दा बेन ह्वाइट र ग्रानिट झाँकाले समान एक गोल गरे। पाहुना टोली लिड्सका लागि रसमुस क्रिस्टेन्सेनले गरेको गोल सान्त्वना बन्न पुग्यो।

यस जितसंगै आर्सनलले शिर्ष स्थानको अग्रता कायमै राखेको छ। आर्सनलले प्रिमियर लिगका २९ खेलबाट ७२ अंक बनाएको छ। आर्सनलले यस बीचमा २३ जित निकाल्दा ३ खेलमा मात्रै हार बेहोरेको छ।

आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले अगाडी रहेको छ। सिटीले आर्सनल भन्दा एक खेल कम खेलेको छ। २८ खेलमा २० जित सहित सिटीले ६४ अंक बनाएको छ।

आर्सनलले अब प्रिमियर लिगमा ९ खेल मात्रै खेल्न बाँकी छ। यस हिसाबले आर्सनल प्रिमियर लिग उपाधिबाट अब केहि खेल मात्रै टाढा छ। आउने खेलहरुमा सम्हालिन सके प्रिमियर लिग उपाधि आर्सनलकै हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *