June 25, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्लबको प्रस्ताव सिधै रिजेक्ट गरेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सीले पिएसजीबाट आएको महत्वपूर्ण प्रस्तावलाई सिधै रिजेक्ट गरेका हुन्।

खबरका अनुसार पिएसजीले हालसालै मेस्सीलाई पारिश्रमिक घटाउन प्रस्ताव गरेको थियो। तर मेस्सीले पिएसजीको सो प्रस्ताव सिधै रिजेक्ट गरिदियो। यस खबरलाई चर्चित खेल मिडिया गोल डट कमले पनि पुष्टि गरेको छ।

पिएसजी र मेस्सी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिन लागिरहेको छ। सन् २०२१ मा क्याटलान क्लब बार्सिलोना छाडेर पिएसजी आउँदा मेस्सीले दुई वर्ष मात्रको सम्झौता गरेका थिए।

सो सम्झौता यहि सिजनको अन्त्यमा सकिन गइरहेको छ। सम्झौता सकिएपछि मेस्सी फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। सो अवस्थामा विश्वका जुन सुकै क्लबले मेस्सीलाई भित्र्याउन सक्नेछन्।

मेस्सी अहिले देखि नै अन्य क्लबसँग छलफल, संवाद गर्न र अग्रिम सम्झौता गर्नको लागि खुला भइसकेका छन्। तर पनि उनले पिएसजी बाहेक अन्य क्लबहरुसँग सम्पर्क गरेका छैनन्।

पिएसजीले हालसालै उनलाई पारिश्रमिक घटाउन प्रस्ताव गरेको थियो। यधपी त्यसो गर्न उनी तयार देखिएनन्। फाइनानसियल फेयर प्ले नियमका कारण यति बेला पिएसजी तनावमा छ।

मेस्सीलाई उच्च पारिश्रमिक दिँदा फाइनानसियल फेयर प्ले नियम उल्लङ्घन हुने हुँदा पिएसजीले मेस्सीलाई कम पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेको र सो प्रस्तावलाई मेस्सीले सिधै अस्विकार गरेको गोलले जनाएको छ।

मेस्सीले सो प्रस्ताव अस्विकार गरेसंगै पिएसजी तनावमा परेको छ। अब पिएसजीले क्लबका रहेका खेलाडीहरुलाई बिक्री गरेमात्रै मेस्सीलाई क्लबमा राख्न सक्ने अवस्था बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *