June 22, 2024

अन्तराष्ट्रिय ब्रेकमा निकै सानदार प्रदर्शन गरेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पुन: क्लब फुटबलमा फर्किन तयार रहेका छन्। यस्तोमा, आज राति हुने पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ खेलमा उनले खेल्ने सम्भावना उच्च रहेको छ।

आइतबार राति पीएसजीले लिग १ खेलमा कट्टर प्रतिद्वन्दी ओलम्पिक लियोन विरुद्ध खेल्नेछ। पेरिस क्लबको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समय अनुसार आज राति १२:३० बाट सुरु हुनेछ।

अन्तराष्ट्रिय ब्रेकमा जानुअघि आफ्नो अन्तिम खेलमा रेनेससँग २-० ले पराजित भएको पीएसजी पुन: जितको लयमा फर्किन चाहन्छ। अर्जेन्टिनाका लागि हालै सम्पन्न अन्तर्राष्ट्रिय ब्रेकमा लियोनल मेस्सी उत्कृष्ट लयमा रहेका थिए। सात पटकको बालोन डी’ओर विजेताले मैत्रीपूर्ण खेलमा कुराकाओ विरुद्ध ह्याट्रिक सहित दुई खेलमा चार गोल गरेका थिए।

हालै मात्र पूर्व बार्सिलोना कप्तानले क्लब र देशका लागि ८०० गोलको सङ्ख्या पार गरेका छन् र अर्जेन्टिनाका लागि १०० गोल पनि पूरा गर्न सफल भएका छन्। समग्रमा पीएसजीले लियोनसँग खेल्दा मेस्सीको क्लब र देशको लागि उनको लयलाई हेर्दा सुरुवाती ११ मा उनले स्थान बनाउने पक्का रहेको छ।

अर्जेन्टिनाका कप्तानका साथमा आइतबार पार्क डेस प्रिन्सेसमा खेल्दा पीएसजीको फरवार्ड लाइनमा किलियन एमबाप्पे हुनेछन्। उनी पनि फ्रान्सका लागि निकै उत्कृष्ट प्रदर्शन गरेर फर्कंदै छन्। अन्तराष्ट्रिय ब्रेकका क्रममा उनले दुई खेलमा दुई गोल गरेका छन्।

लियोन विरुद्धको खेलको लागि पीएसजीको टोली यस प्रकार रहेको छ:-

अन्तर्राष्ट्रिय ब्रेकअघि रेनेससँग पराजित भए पनि पीएसजी लिग १ तालिकामा अझै शीर्ष स्थानमा नै रहेको छ। क्रिस्टोफ गाल्टियरको टोलीले २८ खेलबाट ६६ अंक जोडेको छ। उनीहरू दोस्रो स्थानमा रहेको ओलम्पिक मार्सेलीभन्दा ६ अंकले अघि छन्।

अर्कोतर्फ लियोनले भने भने निराशाजनक सिजन बिताईरहेको छ। २८ खेलबाट ४१ अंक जोड्दै उनीहरु हाल अंक तालिकाको १० औं स्थानमा रहेका छन्। लरेन्ट ब्लाङ्कको टोलीले लिग १ मा अन्तिम तीन खेलमा बराबरीमा रोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *