June 25, 2024

एजेन्सी – गएको केहि समय देखि अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको भविष्य निरन्तर चर्चामा छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौता सकिन लागेसँगै मेस्सीको भविष्य निरन्तर चर्चामा आएको हो।

पिएसजी र मेस्सी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। पिएसजीसँगको सम्झौता सकिन अब केहि महिना भन्दा बाँकी छैन। यस्तोमा दुई पक्ष बीच सम्झौता थपका विषयमा निरन्तर छलफल पनि भइरहेको छ।

मेस्सीले विश्वकपकै क्रममा पिएसजीसँगको सम्झौता थप गर्ने मौखिक सहमति जनाएका थिए। तर पछिल्ला महिनाहरुमा धेरै कुराहरु बदलिएका छन्। पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि मेस्सी माथि जुन प्रकारको व्यवहार भएको छ, त्यसले पक्कै पनि मेस्सीलाई बहिर्गमन तर्फ धकेलेको छ।

यसैबीच ईएसपीएनका पत्रकार मार्टिन अल्भारोले मेस्सी पिएसजी छाडेर बार्सिलोना जाने ठोकुवा गरेका छन्। ईएसपीएनको एक कार्यक्रमका क्रममा अल्भारोले मेस्सी पिएसजी छाडेर बार्सिलोना फर्किने ठोकुवा गरेका हुन्।

पिएसजीले मेस्सीको महत्व बुझ्न नसकेका कारण मेस्सी बार्सिलोना फिर्ता हुने दावी अल्भारोले गरे। उनका अनुसार मेस्सीको दिल बार्सिलोना छ र मेस्सी जुन सुकै हालतमा बार्सिलोना फिर्ता हुन चाहन्छन्।

“मेस्सीले पेरिस छोड्दैछन् । उनीहरुले कहिल्यै बुझेनन् कि उनीहरुसँग सबैभन्दा उत्कृष्ट खेलाडी छन्। लियोको खुशी बार्सिलोनामा छ।”,अल्भारोले लकुद केन्द्र ईएसपीएनसँग कुराकानी गर्नेक्रममा भने।

मेस्सीको खुशी बार्सिलोनामा रहेको हुँदा उनी सित्तैमा खेल्न परे पनि मेस्सी बार्सिलोना फर्किन पक्षमा हुने अल्भारोले बताए। उनले भने,”मेस्सीको दिल बार्सिलोना मै छ। सित्तैमा खेल्नुपर्ने भए पनि उनी बार्सिलोना नै आउन तयार हुनेछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *