June 25, 2024

एजेन्सी – रियल म्याड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको सोप ओपेरा जारी रहँदा केलियन एमबाप्पेको भविष्यबारे धेरै अड्कलबाजी भइरहेको छ।

एएसका स्रोतहरूले दाबी गरेका छन् कि सुपरस्टार स्ट्राइकरले पेरिसमा बोर्डसँग सिजन सकिँदा छलफल गर्ने र म्याड्रिडबाट खेल्ने आफ्नो मनसायको बारेमा बताउने निर्णय गरेको छ।

फ्रान्सेली कथित रूपमा लस ब्लान्कोसका लागि खेल्ने आफ्नो सपना पूरा गर्न कटिबद्ध रहेको बताइएको छ। तर स्रोतहरूले संकेत गर्छन् कि उनले त्यसो गर्नको लागि सन् २०२४ को समर सम्म कुर्नु पर्ने हुन सक्छ।

यस गर्मीमा पिएसजी छोड्ने उनको इच्छाको बाबजुद पेरिसवासीहरू उनलाई जान दिन तयार छैनन्। यसले एमबाप्पेलाई पेरिसमा अर्को एक सिजन छोडेर सान्टियागो बर्नाबेउमा आफ्नो स्थानान्तरण गर्नु अघि बस्न बाध्य बनाउन सक्छ।

एमबाप्पेको पीएसजीसँगको सम्झौता २०२४ मा सकिँदैछ, तर क्लबले खेलाडीले चाहेमा थप एक वर्षको लागि लम्ब्याउन सक्छ। यद्यपि त्यसको लागि उनको सहमति आवश्यक पर्नेछ।

उनले कथित रूपमा स्पष्ट पारेका छन् कि उनको सन् २०२४ पछि पेरिसमा बस्ने कुनै मनसाय छैन। रियल म्याड्रिडमा आबद्ध हुने आफ्नो योजनालाई कुनै पनि कुराले परिवर्तन गर्न नसक्ने एम्बाप्पेको दृडता रहेको छ।

त्यसैले सुपरस्टारले सिजनको अन्त्यमा पीएसजी बोर्डसँग म्याड्रिडिस्टासका लागि खेल्ने इच्छाबारे छलफल गर्नको लागि बैठक तय गरेको बताइएको छ।

एएसका अनुसार, रियल म्याड्रिडले गत सिजन आफ्नो गल्तीबाट सिकेको छ जब उनीहरू एमबाप्पेलाई अनुबन्ध गर्न असफल भएका थिए र यस पटक कुनै गलत कदम चाल्न इच्छुक छैनन्।

एम्बाप्पे आफैंले रियल आउने बाटो बनाउनु पर्ने रियलको माग रहेको बताइन्छ। उनलाई किन्न उच्च मूल्य पर्ने कुरालाई ध्यानमा राख्दै रियलले आफै पिएसजी छाड्ने बाटो बनाउन एम्बाप्पेलाई भनिसकेको स्पेनिस मिडियाहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *