June 14, 2024

फ्रान्सका पूर्व लेफ्ट ब्याक प्याट्रिस इभ्राले आफ्नो राष्ट्र फ्रान्सको कतार २०२२ विश्वकपको फाइनलमा लियोनल मेस्सी र अर्जेन्टिना सँगको हारबाट आफू निराश भएको स्वीकार गरेका छन्।

फ्रान्सका लागि ५९ खेल खेलेका इभ्राले विश्वकपको फाइनल निकै भावनात्मक घटना भएको स्वीकार गरेका हुन्। साबिक विजेताको रूपमा फाइनल खेलमा मैदानमा उत्रिएको फ्रान्स निर्धारित समयमा खेल ३-३ को बराबरीमा समाप्त भएपछि अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि इभ्राको आँसु रोकिएन।

पूर्व म्यानचेस्टर युनाइटेड फुल-ब्याकले विश्वकप फाइनलको हारले आफूलाई तीन दिनसम्म पीडा दिएको खुलासा गरेका छन्। “मैले खेल लाइभ हेरेँ र म रोएँ। मैले यो आशा गरेन। फ्रान्स-अर्जेन्टिना, म तिमीलाई साँचो भन्छु, म मेरो कारमा गएँ र म रोएँ।” इभ्राले आरएमसी सँगको एक अन्तर्वार्तामा भने।

“तीन दिनसम्म म पीडामा थिएँ। र मैले आफैलाई भनें ‘प्याट्रिस, मलाई थाहा छ तिमी फ्रान्सको टोलीलाई माया गर्छौ’… तर यसले मलाई धेरै चोट पुर्यायो। र त्यसपछि, स्पष्ट रूपमा, फ्रान्स टोलीलाई सलाम,” उनले थपे।

पूर्व फ्रेन्च स्टारले विश्वकप फाइनलमा ह्याट्रिक गरेर पनि आफ्नो राष्ट्रलाई उपाधि जिताउन सफल नभएका किलियन एम्बाप्पेका लागि सहानुभूति पनि प्रकट गरेका छन्। ४१ वर्षीयाले भने,”किलियनले ह्याट्रिक गरे। तपाईंले ह्याट्रिक गर्नुभयो, फाइनलमा तीन गोल गर्नुभयो र तपाईंले फाइनल जित्नुभएन। तपाईंले देख्नुभयो कि यो अविश्वसनीय थियो!”

गत डिसेम्बरमा लुसेल स्टेडियममा भएको विश्वकपको उत्कृष्ट फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। एमबाप्पेले ह्याट्रिक गरे – र उनले सुटआउटमा पनि पेनाल्टीलाई गोलमा परिणत गरे – तर मेस्सीको अर्जेन्टिनालाई पछि पार्न सकेनन्।

विश्वकप फाइनलको हारपछि खेलेका पहिला दुई खेलमा उत्कृष्ट खेल प्रदर्शनका साथ फ्रान्सले आफ्नो युरो २०२४ छनोट अभियानलाई लगातार दुई जितका साथ सुरु गरेको छ। र अब २०२४ समरमा हुने युरोकप २०२४ मा स्थान बनाउन यस जुनमा पुन: मैदानमा फर्किनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *