June 25, 2024

एजेन्सी – साउदी प्रिमियर लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मेलित अल नासरले सानदार जित दर्ता गरेको छ। मंगलबार राति साउदी प्रो लिगको जारी सिजनको २२ औं खेलमा अल नासरले एडालाह विरुद्धको खेलमा सानदार जित निकालेको हो।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियम अल हासामा भएको खेलमा सुरुवात देखि अन्त्य सम्म अल नासरले खेललाई नियन्त्रणमा राखेको थियो। अल नासरले बलमा नियन्त्रण राखेर आक्रमण गरेको थियो।

बलमा अल नासरको ५४ प्रतिशत नियन्त्रण थियो। खेलभर अल नासरको तर्फबाट कुल १३ प्रहार भएका थिए। त्यसमध्ये ९ प्रहार टार्गेटमा थिए भने ५ प्रहार गोलमा परिणत भए।

यस्तै एडालाहले भने बलमा मात्रै ४६ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर एडालाहको तर्फबाट कुल ९ प्रहार भएका थिए। ती मध्ये ३ प्रहार टार्गेटमा थिए। यधपी गोलमा भने एक प्रहार पनि परिणत भएन।

अल नासरका लागि क्रिष्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले समान दुई गोल गर्दा एमन अहमेदले एक गोल गरेका थिए। अल नासरको तर्फबाट भएका चार गोल दोस्रो हाफमा भएका थिए भने पहिलो हाफमा मात्रै एक गोल भएको थियो।

खेलको ४०औं मिनेटमा अल नासरले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरलाई पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले खेर जान दिएनन्। रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा अल नासरलाई अग्रता दिलाए।

५औं मिनेटमा एन्डरसन टालिस्काको गोलमा अल नासरले दोस्रो सफलता पायो। ६६औं मिनेटमा रोनाल्डोले गोल गरे। उनले टालिस्काको पासमा गोल गर्न सफल भएका थिए।

७८औं मिनेटमा टालिस्काले टोलीका लागि चौंथो र व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल भने भएनन्। यधपी अल नासरले इन्ज्युरी समयमा पनि गोल गर्न सक्दा ५-० को अवस्थामा पुग्यो।

इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा एमन अहमेदले गोल गरेका थिए। अल नासरले यस जितसंगै साउदी प्रो लिगमा ५२ अंक बनाएको छ। अल नासर शिर्ष स्थानबाट एक अंकले पछाडी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *