June 17, 2024

एजेन्सी – विश्वविजेता अर्जेन्टिना लामो समय पछि विश्व वरियताको शिर्ष स्थानमा उक्लिएको छ। कतारमा विश्वकप जितेको झन्डै ४ महिना भन्दा बढी समय पछि अर्जेन्टिना फिफा वरियताको शिर्ष स्थानमा उक्लिएको हो।

कतार विश्वकपपछि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले दुई खेलमा सानदार जित निकालेको थियो। केहि साता अगाडी मात्रै अर्जेन्टिनाले पानामालाई २–० र क्युराकाओलाई ७–०ले पराजित गरेको थियो।

अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फिर्ता भएको छ। अर्जेन्टिना सन् २०१७ पछि पहिलो पटक फिफा वरियताको पहिलो स्थानमा उक्लिएको हो। त्यसबेला अर्जेन्टिना सन् २०१६ को अप्रिलदेखि सन् २०१७ को अप्रिलसम्म शिर्ष स्थानमा रहेको थियो।

त्यस्तै शिर्ष स्थानको ब्राजिल भने तेस्रो स्थानमा झरेको छ। विश्वकपको क्वाटरफाइनलमा भोगेको हारपछि ब्राजिलले मैत्रीपूर्ण खेलमा मोरोक्कोसँग पराजित भयो। मैत्रीपूर्ण खेलमा मोरोक्कोसँग २–१ ले पराजित भएपछि ब्राजिल तेस्रो स्थानमा झरेको हो।

यस्तै तेस्रो स्थानको फ्रान्स भने दोस्रो स्थानमा उक्लिएको छ। फ्रान्सले विश्वकपको फाइनल सम्मको यात्रा तयार गरेको थियो। त्यस्तै युरो छनोटमा पनि फ्रान्सले राम्रो प्रदर्शन गरेको थियो।

युरो छनोटमा फ्रान्सले नेदर ल्याण्ड र आयरल्याण्डलाई पराजित गरेको थियो। विश्वकपमा गरेको उच्च प्रदर्शन र युरो छनोटमा दुई टोलीलाई हराएसंगै फ्रान्स दोस्रो स्थानमा उक्लिन सफल भएको हो।

कुनै बेला फिफा वरियताको शिर्ष स्थानमा रहेको बेन्जियम चौथो स्थानमा यथावत छ। गएको केहि समय देखि बेल्जियम चौंथो स्थानमा सिमित छ। पाँचौ स्थानमा इङ्ल्यान्ड र छैटौँ स्थानमा नेदरल्यान्ड्स रहेका छन्।

फिफा वरियताको आठौँ स्थानमा इटाली, नवौँ स्थानमा पोर्चुगल र १०औँ स्थानमा स्पेन रहेको छ। यस्तै एघारौं स्थानमा मोरोक्को र १२ औं स्थानमा स्विजरल्याण्डमा रहेका छन्। यस्तै नेपाल भने फिफा वरियताको १ सय ७४ स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *