June 22, 2024

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हालै मात्र जारी गरेको २०२३-२४ सिजन टिकेट प्रमोशनल भिडियोका कारण उनीहरुका सुपरस्टार खेलाडी किलियन एम्बाप्पे क्रोधित भएका छन्। उनले यसबारे बयान नै जारी गर्दै पेरिस क्लब ‘किलियन सेन्ट जर्मेन’ नभएको बताएका छन्।

२४ वर्षीय विश्वकप विजेता पार्क डे प्रिन्सेसका प्रमुख स्टार मध्ये एक हुन्। फ्रान्स अन्तर्राष्ट्रिय खेलाडी यसै सिजन मात्र क्लबको सबै समयको अग्रणी गोलकर्ता बनेका छन्। सन् २०१७ मा क्लबसँग अनुबन्ध भएदेखि वर्तमान लिग १ च्याम्पियनका लागि २५१ खेलमा २०२ गोल गरेका छन्।

पूर्व मोनाको स्टारले २०२२ मा नयाँ सम्झौताको लागि प्रतिबद्ध भएपछि लिग १ च्याम्पियनका लागि आउँदो धेरै वर्षसम्म फ्रान्सेली राजधानीमा रहने आशा रहेको छ। तर एमबाप्पे अर्को सिजनका लागि समर्थकलाई साइन अप गराउने उद्देश्यले जारी गरिएको भिडियोमा आफूलाई सोचे भन्दा फरक र अधिक प्रमुखतामा रहेको पत्ता लागेपछि निराश भएका छन्।

यसबारे एमबाप्पेले इन्स्टाग्राममा पोष्ट गरेका छन्: “मैले भर्खरै २३-२४ सिजनको लागि क्लबको पुन: सदस्यता अभियानको अवलोकनमा भाग लिएँ। मलाई अन्तर्वार्ताको विषयवस्तुको बारेमा कुनै पनि समयमा सूचित गरिएको थिएन। यो एक क्लब मार्केटिङ दिनको समयमा आधारभूत अन्तर्वार्ता जस्तो लागेको थियो।”

“म यो प्रकाशित भिडियोसँग सहमत छैन। त्यसैले म व्यक्तिगत छविको अधिकारको लागि लडिरहेको छु। पीएसजी ठूलो क्लब र ठूलो परिवार हो तर यो विशेष गरी किलियन सेन्ट जर्मेन होइन।”

एमबाप्पेले दुई सिजनअघि मात्र पीएसजीसँग आफ्नो नयाँ सम्झौता नवीकरण गरेपनि फ्रेन्च क्लबमा उनी कति लामो समयसम्म रहन्छन् भन्ने प्रश्न उठ्न भने कहिल्यै छाडेको छैन। तर हाल भने लियोनल मेस्सीको भविष्यको बारेमा थप अनिश्चितता छ – सात पटकको बालोन डी’ओर विजेता जारी सिजनको अन्त्यमा आफ्नो सम्झौता समाप्त भएपछि बार्सिलोना फर्किने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *