June 14, 2024

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सानदार जित निकालेको छ। गएको केहि समय देखि कम्जोर लयमा रहेको पिएसजीले शनिबार राति सानदार जित निलालेको हो।

पिएसजीले अवे खेलमा शनिबार राति नाइसमाथि जित निकाल्यो। पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पार्न सफल भएको हो। मेस्सीको जितमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले गोल गरे।

खेलभर बलमा पिएसजीले बढी नियन्त्रण राखेपनि आक्रमणमा भने घरेलु टोलीले बढी प्रयास गरेको थियो। खेलभर बलमा पिएसजीको ५५ प्रतिशत नियन्त्रण थियो। खेलभर पिएसजीले १३ प्रहार गरेको थियो।

त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए भने दुई प्रहार गोलमा परिणत भए। यस्तै घरेलु टोलीले भने खेलभर कुल २१ प्रहार गरेको थियो। त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए। तर गोलमा भने एक प्रहार पनि परिणत हुन सकेन।

पिएसजीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा एक गोल गर्न सफल भएको थियो। खेलको २६ औं मिनेटमा अर्जेन्टिनी स्तर लियोनेल मेस्सीको गोलमा पिएसजीले अग्रता लिन सफल भएको थियो।

मेस्सीले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भएका हुन्। त्यसपछि खेलको ७६ औ मिनेट सम्म थप गोल हुन सकेनन्। ७६ औं मिनेटमा डिफेन्डर पिएसजीको अग्रता दोब्बर पारे। रामोसले मेस्सीकै पासमा गोल गर्न सफल भएका थिए।

यस जितसँगै पिएसजीले फ्रेन्च लिग वानको अग्रता ६ अंकमा कायम राख्न सफल भएको छ। पिएसजीको ३० खेलबाट ६९ अंक बटुलेको छ। पिएसजीले यस सिजन घरेलु लिगमा २२ खेल जित्दा ५ खेलमा हार बेहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *