June 22, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले लालिगा उपाधि लगभग बार्सिलोनालाई जिम्मा लगाएको छ। लालिगामा निरन्तर कम्जोर प्रदर्शन गर्न थालेसंगै रियलले लालिगा उपाधि बार्सिलोनालाई जिम्मा लगाएको हो।

शनिबार राति लालिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड घरेलु मैदानमै पराजित हुन पुग्यो। रियल भिल्लारियल विरुद्धको खेलमा ३-२ को गोल अन्तरले पराजित हुन पुगेको हो।

रियलले भिल्लारियल विरुद्धको खेलमा राम्रो नियन्त्रण राख्न सकेन। साथै रियल भिल्लारियल विरुद्ध आक्रमणमा पनि चुक्यो। खेलभर बलमा रियलले ४९ प्रतिशत मात्रै नियन्त्रण राख्यो।

खेलभर रियलको तर्फबाट १८ प्रहार भएका थिए। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए। जसमध्ये २ प्रहार मात्रै गोलमा परिणत भए। त्यस्तै पाहुना टोलीको तर्फबाट भने कुल १७ प्रहार भएका थिए।

त्यसमध्ये ८ प्रहार टार्गेटमा थिए। गोलमा भने ३ प्रहार परिणत गराउन भिल्लारियल सफल भयो। भिल्लारियलका सामुइल चुकविजीले दुई तथा जोश लुइस मोरालेसले एक गोल गरे।

रियलका भिनिसियस जुनियरले एक गोल गर्दा एक गोल भने उपहारमा पायो। रियलले खेलको १६औं मिनेटमा अग्रता लिन सफल भएको थियो। पाउ टोरेसको आत्मघाती गोलसंगै रियलले अग्रता पाएको थियो।

३९औं मिनेटमा भिल्लारियलले बराबरी गोल फर्कायो। सामुइल चुकविजीले जियोभानी गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याएका हुन्। उनले लो सेल्सोको पासमा गोल गर्न सफल भएका थिए।

४८औं मिनेटमा भिनिसियसले पुनः रियललाई अग्रता दिलाए। उनले ड्यानियल सेवालोसको पासमा गोल गर्न सफल भएका थिए। त्यससंगै खेल २-१ को अवस्थामा पुगेको थियो।

७०औं मिनेटमा जोश लुइस मोरालेसले भिल्लारियलका लागि दोस्रो गोल गरे। ८०औं मिनेटमा सामुइल चुकविजीको गोलसंगै पाहुना टोलीले अग्रता लिन सफल भयो। उनले एलेक्स बेइनाको पासलाई गोलमा अपरिनत गरेका थिए।

यस हारसंगै रियल लालिगा उपाधि दौडमा धेरै पछि परेको छ। एक खेल बढी खेलेको अवस्थामा समेत रियल बार्सिलोना भन्दा १२ अंकले पछि परेको छ। रियलले २८ खेलबाट ५९ अंक बनाएको छ।

उता बार्सिलोनाले भने २७ खेलमै ७१ अंक बनाइसकेको छ। त्यस्तै रियललाई पराजित गरेको भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। भिल्लारियलले यस सिजन १४ जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *