June 25, 2024

एजेन्सी – म्यानचेस्टर सिटी र नर्वेली युवा स्टार एर्लिङ हालाण्डले जर्मन क्लब बायर्न म्युनिखलाई कडा चेतवानी पठाएका छन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आमने-सामने हुनु अगाडी सिटी र हालाण्डले बायर्नलाई कडा चेतवानी पठाएका हुन्।

सिटी र हालाण्डको चेतावनी शनिबार राति प्रिमियर लिगमा उच्च प्रदर्शनको रुपमा बाहिरियो। सिटीले साउथह्याम्टनमाथि शनिबार राति सानदार जित निकाल्यो। सिटीले साउथह्याम्टनमाथि ४- १ को सानदार जित निकाल्न सफल भएको हो।

साउथह्याम्टन विरुद्ध जित निकाल्नेक्रममा सिटीले बलमा नियन्त्रण राख्दा निरन्तर आक्रमण गरेको थियो। सिटीले खेलभर बलमा ७३ प्रतिशत नियन्त्रण राखेको थियो। सिटीले खेलभर कुल १३ प्रहार गरेको थियो।

त्यसमध्ये ८ प्रहार टार्गेटमा थिए भने चार प्रहार गोलमा परिणत भए। सिटीका लागि हालाण्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले समान एक गोल गरेका थिए।

यहि मंगलबार राति सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्नको सामना गर्दैछ। घरेलु मैदानमा सिटीले बायर्नको सामना गर्न लागेको हो। बायर्नको सामना गर्नु अगाडी सिटी उच्च लयमा हुनु बायर्नका लागि चुनौती हुन सक्ने अनुमान गर्न सकिन्छ।

सिटी प्रिमियर लिगमा केहि कम्जोर देखिएपनि च्याम्पियन्स लिगमा भने धेरै नै राम्रो प्रदर्शन गरिरहेको छ। आफ्नो घरेलु मैदानमा जित निकाल्न सके सिटीका लागि च्याम्पियन्स लिगको सेमिफाइनलको बाटो केहि सहज हुनेछ।

मंगलबार राति हालाण्ड र सिटी बायर्नको घरेलु मैदानमा ताण्डव गर्ने योजनामा हुनेछन्। जर्मन क्लब बोरुसिया डर्टमण्डमा हुँदा बायर्नसँग खेलेको अनुभव हालाण्डसँग छ र सो अनुभव सिटीलाई केहि हद सम्म काम आउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *