June 17, 2024

पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार लियोनल मेस्सी क्याम्प नोउमा सम्भावित पुनरागमन बारे निर्णय गर्नु अघि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाको कलको पर्खाइमा छन्।

सात पटकका बालोन डी’ओर विजेताले पेरिस सेन्ट-जर्मेनमा आफ्नो सम्झौता यस सिजनको अन्त्यसँगै समाप्त हुने भएको कारण हाल धेरैले अनुमान गर्न थालिएको क्याटालुनियामा फिर्तीको भावनात्मक दृश्य देखिरहेका छन्। अहिलेसम्म पनि पेरिस क्लबसँग सम्झौता नवीकरण गर्नका लागि दुई पक्ष नयाँ सर्तमा सहमत नभएको कारण पनि अर्जेन्टिनाका सुपरस्टार फ्रि-एजेन्सी तर्फ अघि बढिरहेका छन्।

क्लब अध्यक्ष लापोर्टा सहित बार्सिलोनाका अनेक प्रमुख व्यक्तित्वले मेस्सीलाई स्पेन फर्कने ढोका खुला राखेका छन्। तर स्पेनिस क्लबको तर्फबाट आफ्नो पूर्व क्लब कप्तानलाई फिर्ता ल्याउनका लागि कुनै ठोस कदम भने चालेको छैन, जसको मतलब हाल मेस्सीको टेबलमा पीएसजीको प्रस्ताव मात्र रहेको छ।

तर अबको केही समयमा नै बार्सिलोना सँगको यस्तो स्थिति परिवर्तन हुनेमा आशावादी रहेका छन् र स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले दाबी गरे अनुसार उनी ब्लाउग्रानाबाट सम्पर्कमा आउन पर्खिरहेका छन्।

विभिन्न मिडिया रिपोर्टका अनुसार लापोर्टाले मेस्सीका बुबासँग कुरा गरेका छन् तर अर्जेन्टिनी खेलाडीसँग भने अझै सम्पर्कमा आएका छैनन्। बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी आफ्ना पूर्व सहकर्मीको सम्भावित पुनरागमनको बारेमा बोल्ने बार्सिलोनासँग सम्बन्धित व्यक्तित्व मध्ये एक हुन्, जो मेस्सीका सबैभन्दा ठूला प्रशंसक हुन्।

मेस्सीले क्लबसँग आफ्नो अघिल्लो कार्यकालमा बार्सिलोनाका लागि ६७२ गोल दर्ता गरेका थिए भने उनीहरूलाई १० ला लिगा उपाधि र चार च्याम्पियन्स लिगको उपाधि जित्न मद्दत गरे।

अर्जेन्टिनी कप्तानले सन् २०२१ मा क्याम्प नोउमा आर्थिक संघर्षको बीचमा बार्सिलोनाले उनको सम्झौता नवीकरण गर्न सफल नभएपछि फ्रि-एजेन्टको रूपमा पीएसजीसँग सामेल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *