June 22, 2024

अप्रिलको लागि फिफा विश्व वरियता सार्वजनिक भइसकेको छ। २०२२ फिफा विश्वकप समाप्त भएको लगभग चार महिना सम्म पनि कुनै प्रकारको अन्तर्राष्ट्रिय फुटबल गतिविधि भएको थिएन। त्यसैले पनि फिफा विश्व वरियता पनि चार महिनाको ब्रेकपछि यो महिना फर्किएको छ।

यस्तो र्‍याङ्किङ निकै जटिल एल्गोरिदमद्वारा निर्धारण गरिन्छ जसले विगत चार वर्षका अन्तर्राष्ट्रिय खेलहरूको नतिजालाई ध्यानमा राख्छ, जसमा हालैका खेलहरूलाई धेरै महत्व दिइन्छ।

फिफाको विश्व वरियता मासिक आधारमा अद्यावधिक गरिन्छ र व्यापक रूपमा टोलीको हालको लय र शक्तिको मापनको रूपमा मानिन्छ। विश्व फुटबलको उच्च निकाय फिफाले विश्व कप र क्षेत्रीय च्याम्पियनसिप जस्ता प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि सीड टोलीहरूका लागि यो प्रणाली प्रयोग गर्दै आएको छ।

फिफाको नयाँ वरियताको विश्व विजेता अर्जेन्टिनाले पाँच पटकको विश्व विजेता ब्राजिललाई पछि पार्दै ६ वर्षपछि पहिलो स्थानमा आएको छ। अर्जेन्टिनाले फिफा वरियतामा पोर्चुगललाई १ सय ३३ अंकले पछि पार्दा ब्राजिललाई ६.७२ अंकले पछि पारेको छ। त्यस्तै फ्रान्सलाई भने अर्जेन्टिनाले २.४८ अंकले पछि पारेको छ –  यस्तोमा, पछिल्लो वरियताको आधारमा यी हुन् फिफाका टप १० राष्ट्र:-

१०. स्पेन – १६८२.८५ अंक 

पछिल्ला दुई खेल: स्पेन ३-० नर्वे, स्कटल्यान्ड २-० स्पेन

९. पोर्चुगल – १७०७.२२ अंक 

पछिल्ला दुई खेल: पोर्चुगल ४-० लिचेस्टाइन, लग्जम्बर्ज ०-७ पोर्चुगल

८. इटाली – १७१३.६६ अंक 

पछिल्ला दुई खेल: इटाली १-२ इंग्ल्याण्ड, माल्टा ०-२ इटाली

७. क्रोएसिया – १७३०.०२ अंक

पछिल्ला दुई खेल: क्रोएसिया १-१ वेल्स, टर्की ०-२ क्रोएसिया

६. नेदरल्याण्ड्स –  १७३१.२३ अंक

पछिल्ला दुई खेल: फ्रान्स ४-० नेदरल्याण्ड्स, नेदरल्याण्ड्स ३-० गिब्रालटार

५. इंग्ल्याण्ड – १७९२.४३ अंक

पछिल्ला दुई खेल: इटाली १-२ इंग्ल्याण्ड, इंग्ल्याण्ड २-० युक्रेन

४. बेल्जियम – १७९२.५३ अंक

पछिल्ला दुई खेल: स्विडेन ०-३ बेल्जियम, जर्मनी २-३ बेल्जियम

३. ब्राजिल – १८३४.२१ अंक 

पछिल्ला दुई खेल: मोरक्को २-१ ब्राजिल, क्रोएसिया १ (४) – १ (२) ब्राजिल

२. फ्रान्स – १८३८.४५ अंक 

पछिल्ला दुई खेल: फ्रान्स ४-० नेदरल्याण्ड्स, आयरल्यान्ड ०-१ फ्रान्स

१. अर्जेन्टिना – १८४०.९३ अंक 

पछिल्ला दुई खेल: अर्जेन्टिना २-० पानामा, अर्जेन्टिना ७-० कोराकाओ

Leave a Reply

Your email address will not be published. Required fields are marked *