June 22, 2024

प्रिमियर लिफ लिडर आर्सनलले एनफिल्डमा लिभरपुल विरुद्धको खेलमा विजयी स्थितिबाट बहुमूल्य दुई अंक गुमाएपछि साबिक लिग विजेतालाई पुन: च्याम्पियन बन्ने ढोका केही सहज भएको छ।

यस सिजन आर्सनलले उत्कृष्ट प्रदर्शन गरेकोमा कसौलाई कुनै शंका छैन। गनर्सले यस सिजन युवा प्रशिक्षक मिकेल आर्टेटा अन्तर्गत अपेक्षा अनुसार निकै सानदार खेल खेलिरहेका छन्, जसले उनिउहरुलाई युरोपको सबैभन्दा रोमाञ्चक टोलीहरू मध्ये एक बनाएको छ र क्लब प्रशंसनीय फेसनमा आफ्नो मूल सिद्धान्तहरूमा अडिग देखिन्छ।

तर आइतबारको खेलमा २-० को स्थितिबाट निकै दबाबपूर्ण खेलमा अंक गुमाएपछि आर्सनलको लिग जित्न सक्ने क्षमतामा केही प्रश्न भने पक्कै उठेको छ। हाल आर्सनल प्रिमियर लिग अंक तालिकामा दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा एक खेल बढी खेल्दै ६ अंकले अघि रहेको छ भने यी दुई टोली बीच सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा खेल्न बाँकी नै रहेको छ।

मानसिक कमजोरीले क्लबमा आर्सेन वेङ्गरको कार्यकालको दोस्रो भागमा गनर्सलाई निकै फितलो बनाएको थियो र आर्टेटाले त्यो प्रवृत्तिलाई बलियो बनाएको हुनाले पनि उनी यसको लागि ठूलो श्रेयको हकदार छन्। तर अब भने उनको टोली केही नयाँ परिस्थितिमा प्रवेश गरेको छ।

वर्तमान च्याम्पियन दबाबपूर्ण स्थिति विशेषगरी सिजनको अन्त्यमा नतिजा निकाल्न निकै माहिर टोली बनेको छ र सबैभन्दा महत्वपूर्ण क्षणमा उत्कृष्ट खेल देखाउने क्षमता राख्छन्। यसै कार्य गर्दै उनीहरु पछिल्ला ६ वर्षमा पाँच पटक लिग च्याम्पियन बन्ने बाटोमा छन्।

त्यसैले पनि आर्सनल सिटीलाई प्रिमियर लिग च्याम्पियन बन्नबाट रोक्न असफल हुन सक्छ। यस्ता हुन सक्छन् महत्वपूर्ण ५ मुख्य कारण:-

अनुभवको कमी

आर्सनलसँग हाल प्रिमियर लिगमा नै सबैभन्दा युवा टोली रहेको छ। अर्कोतर्फ, सिटीको टोलीमा लगातार उपाधि जित्दै आएका पाकेका खेलाडीको जमात रहेको छ। आर्सनलको टोलीमा पनि दुई पूर्व सिटी स्टार: ग्राबियल जेसस र ओलेसेन्डर जिन्चेन्को रहेका छन् तर अन्य खेलाडीसँग निकै कम अनुभव छ। यस्तोमा सिटीलाई आर्सनलको अनुभवको कमीको फाइदा हुनसक्छ।

द हालान्ड फ्याक्टर

कुनै पनि टोली, जसमा एर्लिंग हालान्ड जस्ता सुपरस्टार खेलाडीको उपस्थिति छ, उक्त टोलीसँग विश्व फुटबलका हरेक टोली डराउने गर्छन्। यस सिजन प्रिमियर लिगमा मार्टिनेली १४ गोलका साथ आर्सनलका उच्च-गोलकर्ता हुन्। तर पूर्व डर्टमण्ड स्टार उनको भन्दा दोब्बर गोल गरेर बसेका छन्। हालान्डले आफ्नो डेब्यु सिजनमा अहिलेसम्म ३० लिग गोल गरिसकेका छन्।

हट-हेडेड जाका

“तिमीले अलिकति लडाई देखाउनुपर्छ, तर कति बेला विपक्षीलाई प्रहार गर्ने र कति बेला सुतेको बाघलाई यसै छोड्ने भन्ने समय हुन्छ। उसले गलत समयमा गल्ती गरे,” म्यानचेस्टर युनाइटेड लेजेन्ड रोय केनले स्काई स्पोर्ट्स स्टुडियोमा उपयुक्त रूपमा सारांश गरे।

उनका अनुसार एनफिल्डमा ग्रानिट जाकाको क्रोधित भड्काइले अन्ततः लिभरपुल विरुद्ध आर्सनललाई तीनै अंक लिनबाट रोक्यो। जाकाको यस्तो कार्यले प्राय: विपक्षीलाई फाइदा गर्न सक्छ जुन आर्सनलका लागि निराशाजनक खबर हुनसक्छ र सिटीलाई खुसीको कुरा हुनसक्छ।

मास्टर गार्डियोला

अर्टेटाले इतिहाद स्टेडियममा फुटबल जगतका सबैभन्दा उत्कृष्ट मध्ये एकको साथमा प्रशिक्षकको रूपमा उनको ट्रेड सिक्न तीन वर्ष बिताए। २०१९ मा आर्सनलमा सामेल हुनुअघि पेपको सहायकको रूपमा सेवा गर्दा स्पेनियार्डले गार्डियोलाबाट सकेसम्म धेरै कुरा अवशोषित गरे। तर पेप अझै मास्टर नै रहेका छन्।

फेब्रुअरी १३ मा आर्सनल माथि सिटीको ३-१ को जितले त्यसको ठोस प्रमाण प्रदान गर्‍यो, जब अर्टेटा टचलाइनमा एक उन्मत्त फिगर थिए। गार्डियोलाको घरेलु स्तरमा अविश्वसनीय कीर्तिमान यस्तै जीतहरूमा बनेको छ। त्यसैले पनि पुन: एक पटक उनी विजयी हुनसक्छन्।

कठिन खेल

सिटीसँग फुलह्याम, ब्रेन्टफोर्ड र ब्राइटन विरुद्धको अवे खेल सहित आर्सनलसँगको भिडन्त बाहेक केही चुनौतीपूर्ण खेलहरू बाँकी छन्, तर यदि उनीहरुले सिजनको अन्त्यसम्म अधिकतम अंक प्राप्त गरेमा कोही पनि छक्क पर्ने छैनन्।

तर सिटीको तुलनामा आर्सनलसँग केही अझ कठिन खेल बाँकी रहेको छ। उनीहरुले अझै सिटी, न्युक्यसाल युनाइटेड, चेल्सी, ब्राइटन जस्ता ठूला तथा राम्रो लयमा रहेको टोलीको सामना गर्नेछन्। त्यस माथि मात्र लिगमा प्रतिस्पर्धा गर्ने आर्संनललाई यसको पनि थप दबाब हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *