June 22, 2024

युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले मंगलबार राति हुने खेलमा बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ। म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज राति १२:४५ बजे सुरु हुनेछ।

पेप गार्डियोलाको टोलीले बलियो सिजनको मजा लिइरहेको छ र आज हुने कठिन टाईको पहिलो लेगमा घरेलु मैदानको फाइदा उठाउने प्रयास गर्नेछ। फेब्रुअरीको पहिलो हप्तामा टोटेनह्यामसँग पराजित भएपछि सिटिजन्स अपराजित छन्, जुन दौड अब १२ खेलसम्म चलिरहेको छ।

अर्कोतर्फ, यस सिजन हरेक च्याम्पियन्स लिग खेल जिताउने प्रशिक्षक जुलियन नागेल्सम्यानको स्थानमा नियुक्त भएका थोमस टुचेलले डेर क्लासिकरमा बोरुसिया डर्टमण्डलाई ४-२ ले हराएर बायर्नका प्रशिक्षकका रूपमा यात्रा सुरु गरेका थिए।

त्यसपछि, वर्तमान जर्मन च्याम्पियनले डीएफबी पोकलको क्वार्टरफाइनलमा फ्राइबर्गसँग हारेका छन् र त्यसपछि बुन्डेसलिगामा सोही विपक्षी विरुद्ध आफ्नो पछिल्लो खेलमा अघिल्लो खेलको हारको बदला लिन सफल भएका छन्। च्याम्पियन्स लिगको क्वार्टरफाइनल भिडन्तको लागि आफ्नो नयाँ टोली तयार गर्दा टुचेल चेल्सीसँग देखाएको आफ्नो युरोपेली वीरता दोहोर्याउन चाहन्छन्।

म्यानचेस्टर सिटी र बायर्न म्युनिख बीच पछिल्ला तीन खेल सबै मैत्रीपूर्ण खेल भएका छन् र म्यानचेस्टरको टोलीले पछिल्ला दुई खेल जितेको छ। यी दुई टोलीबीचको अन्तिम प्रतिस्पर्धात्मक खेल नौ वर्षअघि च्याम्पियन्स लिगमा भएको थियो। उक्त खेलमा घरेलु मैदानमा सिटीले जित हात पारेको थियो।

खेल अप्रिल १२ मा म्यानचेस्टरको इतिहाद स्टेडियममा राति १२:४५ मा हुनेछ। क्वाटरफाइनलको सबैभन्दा उत्कृष्ट खेल मानिएको यो खेल नेपालका दर्शकले भारतीय स्पोर्ट्स च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

यस्तो हुनसक्छ आज रातिको खेलका लागि दुबै टोलीको सम्भावित ११:-

म्यानचेस्टर सिटी: एडरसन; अकान्जी, रुबेन डायस, अके; स्टोन्स, रोड्रि, बर्नार्डो सिल्भा, डे ब्रुइन, गुन्डोगन, ग्रेलिस; हालान्ड

बार्यन म्युनिख: सोमर; पाभार्ड, डे लिग्ट, उपामेकानो, डेभिस; किमिच, गोरेट्जका, साने, मुसियाला, कोमन; मुलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *