June 14, 2024

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी क्च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुगेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेसंगै सिटी सेमिफाइनल नजिक पुगेको हो।

मंगलबार राति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले बायर्न म्युनिखलै सहजै पराजित गर्यो। बलमा कम नियन्त्रण राखेपनि सिटीले बायर्न विरुद्ध सहि आक्रमण गरेको थियो।

बलमा सिटीले मात्रै ४४ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर सिटीले कुल १७ प्रहार गरेको थियो। त्यसमध्ये ९ प्रहार टार्गेटमा थिए भने ३ प्रहार गोलमा परिणत भए।

यस्तै बायर्नले भने बलमा सिटी भन्दा राम्रो नियन्त्रण राखेको थियो। खेलभर बलमा बायर्नले ५६ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बायर्नले १२ प्रहार गरेको थियो। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए।

सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालाण्डले गोल गरेका थिए। पहिलो हाफमा मात्र एक गोल गरेको सिटीले डोरो हाफमा भने दुई गोल गर्न सफल भएको थियो।

२७औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई महत्वपूर्ण अग्रता दिलाएका थिए। उनले सिल्भाको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेनन्।

७०औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। सिल्भाले हालाण्डको पासमा गोल गर्न सफल भएका थिए। यस्तै सिटीक लागि तेस्रो गोल हालाण्डले गरेका थिए।

उनले खेलको ७६औं मिनेटमा जोन स्टोनको पासमा गोल गरेका थिए। सिटीले बायर्न विरुद्ध जित ३-० को जित दर्ता गरेसंगै दोस्रो लेगका लागि दबाब कम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *