June 17, 2024

एजेन्सी – मंगलबार राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गर्यो। सिटीले घरेलु मैदानमा बायर्नलाई सहजै पराजित गरेको हो।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा बलमा धेरै नियन्त्रण राख्न नसकेपनि सिटीले सहि आक्रमण गर्यो। खेलभर सिटीले बलमा मात्र ४४ प्रतिशत नियन्त्रण राखेको थियो।

तर खेलभर सिटीले कुल १७ प्रहार गर्न सकेको थियो। त्यसमध्ये ९ प्रहार टार्गेटमा थिए भने ती मध्ये ३ प्रहार गोलमा परिणत हुन सफल भए। सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालाण्डले गोल गरेका थिए।

हालाण्डले बायर्न विरुद्ध एक गोल गरेका थिए भने एक असिस्ट दिएका थिए। बायर्न विरुद्ध गोल गरेसंगै हालाण्डले एक महत्वपूर्ण रेकर्ड पनि तोडेका छन्। हालाण्डले एकै सिजनमा सर्वाधिक गोल गर्ने प्रिमियर लिग खेलाडी बनेका छन्।

हालाण्डले यस सिजन सबै प्रतियोगिताहरुमा कुल ४५ गोल गरेका छन्। हालाण्डले ३९ खेलमा यो संख्यामा गोल गरेका हुन्। यस बीचमा उनले ५ असिस्ट पनि दिसकेका छन्।

हालाण्डले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन धेरै गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन्। यसअघि लिभरपुलका मोहम्मद सलाहले र म्यानचेस्टर युनाइटेडका रुड भान निस्टलरोएले एकै सिजन ४५ गोल गर्दै कीर्तिमान बनाएका थिए।

दुवै खेलाडीले समान ५२ खेलमा ४४ गोल गरेका थिए। हालाण्डले यस सिजन च्याम्पियन्स लिगमा मात्रै ११ गोल गरिसकेका छन्। उनले जम्मा ७ खेलमा ११ गोल गरेका हुन् भने उनले १ असिस्ट पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *