June 25, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस स्टार रोबर्ट लेवान्डोस्की अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको बार्सिलोना फिर्तीलाई लिएर खुशी देखिएका छन्। हालसालै एक अन्तर्वार्ताको क्रममा लेवान्डोस्कीले मेस्सीको बार्सिलोना फिर्तीले आफूलाई खुशी बनाउने बताएका हुन्।

मंगलबार आयोजना भएको एक च्यारिटी कार्यक्रममा सञ्चारकर्मीसँग लेवान्डोवस्कीले मेस्सी पेरिस सेन्ट जर्मन (पिएसजी)बाट क्याटालान क्लब बार्सिलोना फर्किए आफू धेरै खुशी हुने बताए।

बार्सिलोनामा मेस्सीको स्थान खालि नै रहेको उनले बताउन छुटाएनन्। मेस्सीको फिर्तिका बारेमा आफूलाई के हुन्छ भन्ने स्पष्टसँग थाहा नभएको लेवान्डोस्कीको भनाई छ।

“मेसी बार्सिलोनाका पर्याय नै हुन् र उनी बार्सिलोना फर्किएको खण्डमा त्यो अविश्वसनीय कुरा हुनेछ। हामीले उनको स्थान यहाँ बार्सिलोनामा खाली महसुस गरिरहेका छौं। के हुनेछ भनेर भन्न सकिने अवस्था छैन, यो अन्योल नै छ। तर अगामी सिजनको लिग सँगै खेल्ने अपेक्षा लिएको छु।”,लेवान्डोस्कीले भने।

लियोनल मेस्सी पिएसजीबाट बार्सिलोना फर्किने चर्चा सुरु भएसंगै विभिन्न टीकाटिप्पणी हुन थालेका छन्। मेस्सी बार्सिलोना फिर्ता हुने चर्चाले यति बेला बार्सिलोना समर्थक उत्साहित भएको अवस्था छ।

३५ वर्षीय अर्जेन्टिनाका विश्वकप विजेता लियोनल मेस्सीले सन् २०२१ मा बार्सिलोना छाडेका थिए। आर्थिक समस्याका कारण बार्सिलोनाले उनलाई राख्न सकेको थिएन। क्लबमा बस्ने चाहना हुँदा हुँदै पनि उनी अन्यत्र जान बाध्य भएका थिए।

त्यसबेला उनले पिएसजीसँग २ वर्षको लागि सम्झौता गरेका थिए र सो सम्झौता आउने केहि महिनामै सकिँदैछ। पिएसजी र मेस्सीको बीचको सम्झौता सकिने दिन नजिकिँदै गर्दा उनको भविष्यलाई लिएर अनिश्चितता बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *