June 22, 2024

जर्मन क्लब बायर्न म्युनिख स्टार साडियो मानेले अप्रिल ११ मा च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग बाभेरियन्सको ३-० को हारपछि सहकर्मी लिरोय सानेसँग बस्ट अप गरेको बताइएको छ।

बिल्डका अनुसार मानेले सानेलाई मुखमा हिर्काउनु अघि दुई स्टारले झगडा गर्न थालेको बताइएको छ। सेनेगाली स्टारको आ’क्रमणले जर्मन स्टारको अनुहारमा दाग बसेको छ, जसपछि उनीहरूका सहकर्मीले दुवैलाई अलग गर्न बीचमा आउनु परेको थियो र स्थिति शान्त पार्न सानेलाई ड्रेसिङ रुमबाट बाहिर पठाइएको थियो।

यसबारे बायर्न म्युनिखले यस विषयमा कुनै बयान वा टिप्पणी दिन भने अस्वीकार गरेको छ। यसैबीच, थोमस टुचेलको टोलीलाई युइएफए च्याम्पियन्स लिगको अन्तिम आठको पहिलो लेगमा पेप गार्डियोलाको म्यानचेस्टर सिटीले लज्जास्पद हार थम्याएको थियो।

सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालाण्डले गोल गरेका थिए। पहिलो हाफमा मात्र एक गोल गरेको सिटीले डोरो हाफमा भने दुई गोल गर्न सफल भएको थियो।

२७औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई महत्वपूर्ण अग्रता दिलाएका थिए। उनले सिल्भाको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेनन्।

७०औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। सिल्भाले हालाण्डको पासमा गोल गर्न सफल भएका थिए। यस्तै सिटीक लागि तेस्रो गोल हालाण्डले गरेका थिए।

उनले खेलको ७६औं मिनेटमा जोन स्टोनको पासमा गोल गरेका थिए। सिटीले बायर्न विरुद्ध जित ३-० को जित दर्ता गरेपछि दोस्रो लेगका लागि दबाब कम भएको छ।

यस खेलमा साडियो माने वैकल्पिक खेलाडीको रूपमा आएका थिए भने लेरोय सानेले आफ्नो पूर्व क्लबविरुद्ध सुरुआत गरेका थिए। अब दोस्रो लेग अर्को हप्ता बार्यनको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *