June 25, 2024

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको ट्रान्सफर निरन्तर चर्चा भइरहने विषय हो। सन् २०१७ मा पेरिस सेन्ट जर्मेन(पिएसजी) आवद्ध भए देखि नै उनको ट्रान्सफरको चर्चा भइरहेको छ।

रियल म्याड्रिडबाट खेल्ने सपनाका कारण एम्बाप्पेको ट्रान्सफरको निरन्तर चर्चा हुने गरेको हो। एम्बाप्पेको नाम हरेक ट्रान्सफर विन्डो नजिकिएसंगै रियल म्याड्रिडसँग जोडिने गरेको छ।

गत समर ट्रान्सफर विन्डोमा एम्बाप्पे रियल जान धेरै नजिक थिए। रियल जाने निर्णय गरिसकेर पनि एम्बाप्पेले त्यसबेला आफ्नो निर्णय बदलेर पिएसजीमै रहने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

सन् २०२३ को समर ट्रान्सफर विन्डो नजिकिएसंगै पुनः एम्बाप्पेको ट्रान्सफरको चर्चा सुरु भएको छ। एम्बाप्पे पिएसजीमा सन्तुष्ट नरहेको र उनी छिट्टै नै क्लब परिवर्तनको प्रक्रियामा हुने दावी गरिन थालेको छ।

तर एम्बाप्पेले भने यी सबै चर्चालाई हालसालै खारेज गरिदिएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले पिएसजी छाडेर अन्यत्र जाने सबै चर्चाहरुलाई खारेज गरिदिएका हुन्।

एम्बाप्पेले एक अन्तर्वार्ताका क्रममा आफू पिएसजीमै रहेर च्याम्पियन्स लिग जित्न कटिबद्ध रहेको बताए। ‘टाउट ले स्पोर्ट’सँगको कुराकानीका क्रममा उनले आफू पिएसजीमै रहेर च्याम्पियन्स लिग जित्न कटिबद्ध रहेको बताएका हुन्।

“च्याम्पियन्स लिग जित्नको लागि “कहाँ? पिएसजीमा। म पेरिसियन हुँ र मसँग एउटा सम्झौता छ। त्यसैले पिएसजीमै रहेर च्याम्पियन्स लिग जित्ने मेरो योजना छ।”,एम्बाप्पेले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *