June 14, 2024

लगातार क्याम्प नोउ पुनरागमनसँग जोडिएका पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार लियोनल मेस्सीको बार्सिलोनाका दुई खेलाडीसँग राम्रो सम्बन्ध नभएको खुलासा भएको छ।

क्याटालान आउटलेट एल नासियोनलका अनुसार पूर्व बार्सिलोना कप्तान मेस्सी दुई वर्तमान बार्सिलोना खेलाडी, मार्क-आन्द्रे टेर स्टेगेन र अन्सु फातीसँग राम्रो सम्बन्धमा छैनन्।

बार्सिलोनामा ७ पटकका बालोन डी’ ओर विजेताको कार्यकालको अन्त्यतिर मेस्सीसँग टेर स्टेगनको सम्बन्ध कथित रूपमा खराब भएको बताइन्छ। यी दुई खेलाडी बीचको सम्बन्धमा अनेक पटक उतार-चढाव आएको र मेस्सीको बहिर्गमनपछि जर्मन स्टार र अर्जेन्टिनी कप्तानको सम्बन्धमा न त सुधिएको छ न त बिग्रिएको छ।

अर्कोतर्फ, वर्तमान बार्सिलोना जर्सी नम्बर १० फातीले पोर्चुगिज सुपर एजेन्ट जर्ज मेन्डेससँग सम्झौता गर्दा लियोनल मेस्सीलाई धोका दिएको मानिन्छ। केही समय अघि मात्र क्याम्प बदल्नु अघि फातीलाई मेस्सीका भाइले प्रतिनिधित्व गर्दै आएका थिए, जसपछि ३५ वर्षीयाको वर्तमान बार्सिलोना नम्बर १० सँग चिसो सम्बन्ध रहेको बताइएको छ।

आफ्ना केही खेलाडीसँग पीएसजी स्टारको खट्टा सम्बन्ध आदर्श नभए पनि यसले मेस्सीको क्याम्प नोउ फर्कने सम्भावनालाई चोट पुर्याउने सम्भावना छैन। हाल क्याटालान क्लब आफ्नो क्लब इतिहासको उच्च-गोलकर्तालाई क्लबमा फिर्ता ल्याउनका लागि आतुर रहेको भएपनि हालसम्म कुनै अधिकारिक चाल भने चालेको छैन।

बार्सिलोनासँग १७ सिजन बिताएपछि सन् २०२१ मा आफ्नो सम्झौता नवीकरण गर्न असफल भएपछि फ्रेन्च क्लबसँग सामेल भएका मेस्सीले पीएसजीसँग दुई वर्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए, जुन जारी सिजनको अन्त्यमा समाप्त हुँदैछ।

सिजनको अन्त्यमा आफ्नो सम्झौता सकिएपछि मेस्सी पीएसजीमा नरहने सम्भावना उच्च रहेको विभिन्न मिडिया रिपोर्टले दाबी गर्दै आएका छन्। पीएसजीले कथित रूपमा उनको लागि विस्तारको प्रस्ताव राखेको भएपनि अर्जेन्टिनी स्टारले अझै उक्त सम्झौतामा कलम राख्न सहमति जनाएका छैनन्।

ट्रान्सफर विशेषज्ञ फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल–हिलाल पनि मेस्सीलाई अनुबन्ध गर्नका लागि इच्छुक रहेको छ। उनीहरू यस गर्मीमा मेस्सीलाई क्लबमा सामेल गर्नका लागि उन्लैई प्रति वर्ष € ४०० मिलियनको पारिश्रमिक तिर्न पनि तयार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *