June 17, 2024

एजेन्सी – सान्टी एउनाका अनुसार एएस रोमाका प्रबन्धक जोसे मोरिन्हो क्रिस्टियानो रोनाल्डोको अल-नासरमा सामेल हुन इच्छुक छैनन् तर चेल्सी वा पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा जान इच्छुक छन्।

अल-नासरले हालै रुडी गार्सियासँग आन्तरिक समस्या पछि उनलाई हटाएर नयाँ कोचको भित्र्याउन खोजिरहेको छ। अल नासरले नयाँ प्रशिक्षकका लागि खोजि सुरु गरिरहेको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार साउदी प्रो लिग क्लब पोर्चुगिज कोच मोरिन्होलाई मध्य पूर्वमा आकर्षित गर्नको लागि एक मेगा प्रस्ताव गर्न तयार रहेको छ। अल नासर मोरिन्होलाई उच्च पारिश्रमिक सहितको प्रस्ताव दिन तयार छ।

यद्यपि, एउनाले भने कि माउरिन्हो यस ट्रान्सफरका लागि तयार छैनन्। अल नासर जान तयार नरहेपनि रियल म्याड्रिडका पूर्व प्रशिक्षक आफ्नो पूर्व क्लब चेल्सीमा फर्किन तयार छन् ।

ग्राहम पोटरलाई बर्खास्त गरेपछि फ्रान्क ल्याम्पार्डलाई केयरटेकर प्रबन्धकको रूपमा ब्लुजको जिम्मेवारी दिइएको छ। वेस्ट लन्डनवासीहरूले अर्को सिजनको सुरुमा नयाँ रणनीतिकार नियुक्त गर्न तयार छन्।

यसैबीच, क्रिस्टोफ गाल्टियरको पिएसजी भविष्य पनि शंकास्पद छ। पेरिसियनहरूले तत्काल वा अर्को सिजनको सुरुमा नयाँ प्रबन्धक नियुक्त गर्न सक्छन्। मोरिन्हो पनि त्यो भूमिका लिन तयार छन्।

यद्यपि, जोसे मोरिन्हो र क्रिस्टियानो रोनाल्डो बीच अल-नासरमा सम्भावित पुनर्मिलन असम्भव देखिन्छ। मोरिन्होले रोनाल्डोसँग अल नासरमा कुनै पनि योजना नबनाएको र आउने केहि समय युरोपमै रहन चाहेको बताइन्छ।

पोर्चुगिज प्रबन्धक र रोमा बीच सन् २०२४ सम्मका लागि सम्झौता छ। सन् २०१० र २०१३ को बीचमा रियल म्याड्रिडमा मोरिन्हो र रोनाल्डोले सँगै समय बिताएका थिए। मोरिन्होलाई साउदी प्रो लिगको संगठन व्यवस्थापन गर्न दुई सिजनका लागि १०० मिलियन युरो प्रस्ताव गरिएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *