June 22, 2024

पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार विंगर किलियन एमबाप्पेले सन् २०२४ को पेरिस ओलम्पिकमा फ्रान्सको प्रतिनिधित्व गर्ने सपना रहेको बताएका छन्।

२४ वर्षीय स्टारले हालसम्म खेलेका दुबै विश्वकपमा फाइनलको यात्रा तय गरेका छन्। उनले फ्रान्सलाई २०१८ रसिया विश्वकप जिताउन निकै महत्वपूर्ण भूमिका खेलेका थिए भने उक्त प्रतियोगिताको सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।

त्यस्तै, २०२२ फिफा विश्वकप कतारमा एम्बाप्पेले झनै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्लाई फाइनलसम्म पुर्याएका थिए। फ्रेन्च राष्ट्रिय टोलीका प्रमुख खेलाडी बनेका एम्बाप्पेले विश्वकप २०२२ मा अर्जेन्टिना विरुद्ध ह्याट्रिकको साथमा ८ गोल गर्दै प्रतियोगिताको गोल्डेन बुट जितेका छन्।

उनले अब खुलासा गरेका छन् कि उनी लेस ब्लुसलाई ओलम्पिकमा सफलता हासिल गराउन मद्दत गर्न चाहन्छन्। ओलम्पिक फिफाको अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरको भाग हैन। त्यसैले पनि क्लबहरूले आफ्ना खेलाडीलाई राष्ट्रिय कर्तव्यको लागि छोड्न अस्वीकार गर्न सक्छन्।

पूर्व एएस मोनाको स्टार एमबाप्पेले यो कुरा स्वीकार गरेका छन् तर अर्को वर्ष पेरिसमा हुने प्रतियोगितामा खेल्ने आफ्नो सपनालाई जोड दिएका छन्।

यसबारे उनले भने, “म त्यहाँ हुने आशा गर्छु। सबैलाई थाहा छ मैले सधैं ओलम्पिक खेल्ने सपना देखेको छु तर यो ममा भर पर्दैन। म यसलाई जबरजस्ती गर्दिन किनभने यदि मानिसहरूले मलाई ओलम्पिक खेल्न चाहँदैनन् भने यसको मतलब मैले खेल्नु हुँदैन।”

उनले थपे,”सत्य यो हो कि यो फिफा क्यालेन्डरको हिस्सा छैन। मैले मेरो क्लब र मेरो राष्ट्रिय टोलीको बारेमा पनि सोच्नु पर्छ किनभने यो भन्दा पहिले यूरो छ, त्यसैले यसबारे छलफल गर्न आवश्यक छ। यी सबै कुराहरू विचार गर्न आवश्यक छ तर पक्कै पनि पेरिसमा ओलम्पिक खेल्नु मेरो सपना हुनेछ।”

फ्रान्सले फुटबल इतिहासमा दुई ओलम्पिक पदक जितेको छ – एउटा स्वर्ण (१९८४ संयुक्त राज्य अमेरिका) र एक रजत (१९०० फ्रान्स)।

Leave a Reply

Your email address will not be published. Required fields are marked *