June 25, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोना फिर्तिका लागि पहिला नै राजि भैसकेको खुलासा भएको छ। मेस्सी बार्सिलोना फिर्ता हुन पहिला नै सहमत भैसकेको दावी विभिन्न खेल मिडिया तथा खेल पत्रकारहरुले गरेका हुन्।

स्पेनिस पत्रिका जेरार्ड रोमेरोले लियोनल मेस्सी बार्सिलोना फर्कन पहिले नै सहमत भइसकेको चाल लालिगाले पाइसकेको बताएका छन्। मेस्सी बार्सिलोना फिर्तिका लागि सहमत भैसकेको र मेस्सीले समर ट्रान्सफर विन्डोमा बार्सिलोनासँग सम्झौता गर्ने लालिगाले जानकारी पाइसकेको रोमेरोले जनाएका छन्।

अर्जेन्टिनाका सुपरस्टार अहिले पेरिस सेन्ट जर्मेनसँगको सम्झौताको अन्तिम महिनाहरुमा छन् । उनी र पिएसजी बीचको सम्झौता छुट्टै नै सकिने अवस्था छ। उनी क्याटालान क्लबमा फर्किने चर्चा छ।

रोमेरोले दाबी गरे कि स्पेनिस लिगले मेस्सी फर्कन राजी भएको विश्वास गरेको छ र मार्केटिङ टोलीले यसको तयारीको लागि आन्तरिक रूपमा काम गरिरहेको छ। मेस्सी फर्किएपछि लिगको महत्व बढ्ने हुँदा मार्केटिङ टोलीले अहिले देखि नै कम थालेको हो।

मार्चमा बार्सिलोनाले ला लिगालाई मेस्सीलाई अनुबन्ध गर्ने योजना पठाएको रोमेरोले जनाएका छन्। सो योजना लालिगाले अस्विकार गरेको भएपनि बार्सिलोनाले सो योजनामा केहि हेरफेर गरेमा लालिगा त्यसको लागि राजि हुने बताइएको छ।

“मार्चमा बार्सिलोनाले ला लिगालाई मेस्सीलाई अनुबन्ध गर्ने योजना पठाएको थियो। ला लिगाले केही अंक अस्वीकार गरेको छ। बार्सिलोना अर्को प्रस्तावको साथ फर्किनेछ। ला लिगाले मेस्सी फर्कन पहिले नै सहमत भइसकेको विश्वास गर्छ। आन्तरिक रूपमा, मार्केटिङ टोलीले पहिले नै काम गरिरहेको छ।”,रोमेरोले भने।

मेस्सी सन् २०२१ मा पिएसजी पुगेका थिए। बार्सिलोनामा रहन नमिल्ने भएसंगै उनी पिएसजी पुगेका हुन्। पिएसजी पुगेदेखि उनले कुल ६८ खेल खेलेका छन्। यस बीचमा उनले ३० गोल गरेका छन् भने ३३ असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *