June 25, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार लियोनल मेस्सीले आज राति लेन्स विरुद्धको खेलका क्रममा आफ्ना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले बनाएको अविश्वसनीय कीर्तिमान तोड्न सक्ने छन्।

आफ्नो शानदार करियरमा युरोपका शिर्ष पाँच लिगमा ४ सय ९४ गोल गरेका मेस्सीले रोनाल्डोको रेकर्ड तोड्ने क्रममा छन्। युरोपको शीर्ष पाँच लिगहरूमा सबैभन्दा धेरै गोल गर्ने रोनाल्डोको कीर्तिमानसँग बराबरी गर्न मेस्सी एक गोलले टाढा छन् र रेकर्ड तोड्नबाट दुई गोलले टाढा छन्।

उनको ४ सय ९४ लीग गोलहरू मध्ये ४ सय ७४ गोल उनको १७ वर्षको बार्सिलोना बसाईका क्रममा आएका थिए। जबकि बाँकी २० गोल सन् २०२१ मा उनले क्लब परिवर्तन गरेर पिएसजी पुगेका पछि आएका हुन्।

रोनाल्डोले रियल मड्रिड (३११), म्यानचेस्टर युनाइटेड (१०३) र युभेन्टस (८१) गरी तीन फरक टोलीबाट ४९५ गोल गरेका छन्। रोनाल्डोले म्यानचेस्टर युनाइटेड, युभेन्टस र रियल म्याड्रिड गरी तीन क्लबबाट खेल्दा इंगलिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’ र स्पेनिस लालिगामा कुल ४ सय ९५ गोल गरेका हुन्।

दबाबमा पिएसजी

पिएसजीले आज दोस्रो स्थानको लेन्सको सामना गर्दा जित निकाल्नै पर्ने दबाबमा हुनेछ। पिएसजी र लेन्स बीच अहिले मात्र ६ अंकको अन्तर रहेको छ। सिजनका ३० खेलबाट पिएसजीले ६९ अंक बनाउँदा लेन्सले समान ३० खेलबाट ६३ अंक बनाएको छ।

पिएसजीले यस सिजन फ्रेन्च लिग वानको जारी सिजनमा कुल २२ खलेमा जित निकालेको छ भने लेन्सले १८ खेलमा जित निकालेको छ। यस्तै पिएसजीले यस सिजन ५ खेलमा हार्दा लेन्सले ३ खेलमा हारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *