June 22, 2024

एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनललाई नराम्रो झड्का लागेको छ। सिजनको सुरुवात देखि निरन्तर प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनललाई पछिल्लो पटक नराम्रो झड्का लागेको हो।

आर्सनल आइतबार वेस्ट ह्याम विरुद्धको खेलमा बराबरीमा रोकिएको छ। वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा बराबरीमा रोकिन पुगेको हो। आर्सनल र वेस्ट ह्याम विरुद्धको खेल २-२ को बराबरीमा रोकिन पुग्यो।

खेलको सुरुवातमै लिएको २-० को अग्रता आर्सनलले खेलको अन्त्य सम्म जोगाउन सकेन। बलमा राम्रो नियन्त्रण राखेपनि आर्सनल आक्रमणमा भने केहि कम्जोर बन्दा आर्सनल जित निकाल्नबाट चुक्यो।

आर्सनलले बलमा ७२ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर आर्सनलले मात्रै ११ प्रहार गरेको थियो। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए भने दुई प्रहार गोलमा परिणत भए।

घरेलु टोली वेस्ट ह्यामले भने खेलभर बलमा कम नियन्त्रण राखेर पनि खुलेर आक्रमण गर्न अफल भएको थियो। खेलभर वेस्ट ह्यामले कुल १६ प्रहार गरेको थियो। त्यसमध्ये ३ प्रहार टार्गेटमा थिए।

खेलको सातौँ मिनेटमा गेब्रियल जेसुसको गोलबाट आर्सनलले अग्रता लिन सफल भएको थियो। त्यसको केहि मिनेट नबित्दै १० औं मिनेटमा आर्सनलको अग्रता दोब्बर भएको थियो।

सो गोल कप्तान मार्टिन ओडेगार्डले गरेका थिए। खेलको ३२ औ मिनेटमा वेस्ट ह्यामले पेनाल्टीको अवसर पायो। आर्सनलका खेलाडीले वेस्ट ह्यामका खेलाडीलाई पेनाल्टी बक्समा लडाएपछि वेस्ट ह्यामलाई पेनाल्टीको अवसर दिइएको थियो।

सो पेनाल्टीलाई खेलको ३३ औं मिनेटमा सैयद बेनरहमाले गोलमा परिणत गरे। त्यसपछि पहिलो हाफमा थप गोल भएनन्। पछि खेलको ५४ औं मिनेटमा वेस्ट ह्यामले बराबरी गोल फर्काउन सफल भयो।

वेस्ट ह्यामका लागि जारोड बोवेनले बराबरी गोल फर्काउन सफल भएका हुन्। त्यसपछि खेलमा कुनै पनि टोलीबाट गोल हुन सकेन। फल स्वरूप खेल २-२ को बराबरीमा रोकियो।

यस बराबरीसंगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी बढाउने मौकालाई गुमाएको छ। आर्सनल सिटी भन्दा मात्र ४ अंकले पछाडी छ।

आर्सनलले ३१ खेल खेल्दा सिटीले ३० खेल मात्र खेलेको छ। आर्सनलको ७४ अंक छ भने सिटीको ७० अंक रहेको छ। आर्सनलसँग एक अंक खोसेसंगै वेस्ट ह्यामले ३१ अंक बनाउन सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *