June 22, 2024

एजेन्सी- क्याटलान क्लब बार्सिलोनालाई स्पेनिस लालिगामा अर्को झड्का लागेको छ। लालिगा को महत्वपूर्ण खेलमा दुई अंक गुमाएसंगै बार्सिलोनालाई अर्को झड्का लागेको हो।

आइतबार राति बार्सिलोनाले गेटाफेको सामना गर्यो। सो खेल भर बलमा उच्च नियन्त्रण राखेपनि बार्सिलोनाले गेटाफेको डिफेन्स तोडेर गोल गर्न भने सक्दै-सकेन। फलस्वरूप खेल गोल रहित बराबरीमा रोकिन पुग्यो।

खेलभर बार्सिलोनाले बलमा ६७ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बार्सिलोनाले कुल १५ प्रहार गरेको थियो। जसमध्ये ३ प्रहार मात्रै टार्गेटमा थिए र एक प्रहार पनि गोलम परिणत भने हुन सकेनन्।

घरेलु टोलीले बार्सिलोना विरुद्ध कमै मात्र खुलेर आक्रमण गर्यो। गेटाफेले डिफेन्समा पूरा ध्यान लगाएको थियो। खेलभर गेटाफेको तर्फबाट मात्रै ५ प्रहार भएका थिए। त्यसमध्ये मात्रै एक प्रहार टार्गेटमा थियो।

कोलिसिअम अलफन्सो पेरेज स्टेडिय गेटाफेमा आइतबार राति भएको खेलमा पाँचौ मिनेटमा गेटाफेले गोल गर्ने सुवर्ण मौका खेर फालेको थियो। २५औं मिनेटमा बार्सिलोनाले अग्रता लिने अवसर गुमायो।

२५औं मिनेटमा बार्सिलोनाको दुई प्रहार पोस्टमा लागेर फर्किएको थियो। खेलभर बार्सिलोनाको तर्फबाट गोल गर्ने थप प्रयास भएपनि सफल हुन सकेन।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले दुई डिफेन्डरलाई बिट गर्दै बल अगाडी बढाएका थिए। तर उनको प्रहारलाई गोल रक्षकले सहजै रोकिदिए।

५४औं मिनेटमा फ्रान्क केसीको प्रहार पनि खेर गयो। ७५औं मिनेटमा राफिन्हाले प्रहार गरेको फ्रिकिक गोलमा परिणत हुन सकेन। ८७औं मिनेटमा गेटाफेले पाएको मौका खेर गयो।

खेल बराबरीमा टुंगिएसंगै बार्सिलोनाले दुई अंक गुमाएको छ भने दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक दूरी बढाउन असफल भएको छ। बार्सिलोनाले २९ खेलबाट ७३ अंक बनाएको छ। जबकी रियलले ६२ अंक बनाएको छ।

बार्सिलोनाले पछिल्ला दुई खेलमा चार अंक गुमाइसकेको छ। पछिल्लो खेलमा पनि बार्सिलोना गोल रहि बराबरीमै रोकिन बाध्य भएको थियो। बार्सिलोनासँग अंक खोस्ने गेटाफे भने १५ औ स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *