June 14, 2024

एजेन्सी – लियोनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता वार्ता सकिएको छ। विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार मेस्सी र पिएसजी बीचको वार्ता बिना कुनै निष्कर्ष सकिएको हो।

जनवरी देखि मेस्सी पक्ष र पिएसजी अधिकारीहरु बीच चकिरहेको वार्ता अन्ततः कुनै पनि निष्कर्ष बिना नै सकिएको विभिन्न फ्रेन्च मिडियाहरुले जनाएका छन्। दुवै पक्ष एक अर्कासँग छुट्टिन तयार रहेको बताइएको छ।

ले पेरिसियनको रिपोर्ट अनुसार, मेस्सीको टोली र पीएसजी बीचको वार्ता बन्द छ। उनीहरुले रिपोर्ट गरेका छन् कि दुई पक्षहरू सम्झौता सर्तहरूको सन्दर्भमा धेरै टाढा थिए र अब दुवै पक्ष छुट्टिने विषयमा स्पष्ट भएका छन्

पीएसजीले मेस्सीलाई क्लबमा राख्न चाहेको थियो र जनवरीमा फिफा विश्वकप विजेता फर्किएपछि उनीसँग वार्ता भइरहेको थियो। यद्यपि, उनीहरूले सफलता पाउन सकेनन् किनकि उनीहरूलाई अर्जेन्टिनालाई एफएफपी मुद्दाहरूको कारणले उनको तलब घटाउन पिएसजीले चाहेको थियो।

तर मेस्सी कुनै पनि हालतमा आफ्नो पारिश्रमिक घटाउने तयार देखिएनन्। कतारमा सम्पन्न विश्वकपकै क्रममा मेस्सी र पिएसजी बीच सम्झौता थपका विषयमा मौखिक सहमति भएको थियो।

तर पिएसजीले पारिश्रमिक घटाएर प्रस्ताव गरेसंगै मेस्सी पिएसजीको प्रस्तावमा सहमत हुन सकेनन्। पिएसजीमा पारिश्रमिक घटाउनुपर्ने भएपछि मेस्सी पिएसजी छाडेर अन्यत्र लाग्ने भएका छन्।

बार्सिलोनाले सात पटकको बालोन डी’ओर विजेतालाई क्याम्प नोउ फर्काउन वार्ता गरिरहेको पुष्टि भैसकेको छ। पारिश्रमिक घटाउनै परे बार्सिलोना फिर्ता हुने योजना मेस्सीको छ।

बार्सिलोनाले मेस्सीलाई फिर्ता लैजान त चाहेको छ। तर आर्थी रुपमा उसको अगाडी धेरै चुनौतीहरुछन्। मेस्सी भित्र्याउनको लागि बार्सिलोनाले क्लबमा रहेका केहि खेलाडीहरु बिक्री गर्न पर्ने हुन सक्छ।

बार्सिलोना अहिले त्यसको तयारी पनि गरिरहेको छ। बार्सिलोनाले क्लबका केहि खेलाडीहरु बिक्री गर्ने र क्लबमा रहेका खेलाडीहरुको पारिश्रमिक घटाउने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *