June 14, 2024

एजेन्सी – गएराति प्रिमियर लिगको महत्वपूर्ण खेलमा लिग लिडर आर्सनलले झड्का पायो। सिजनको महत्वपूर्ण ३१ औं खेलमा बराबरीमा रोकिन बाध्य भएसंगै आर्सनललाई झड्का लागेको हो।

आइतबार सुरुवाती दुई गोलको अग्रता र बुकायो साकाले पेनाल्टी चुकाएपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल बराबरीमा रोकिन बाध्य भएको हो। आर्सनल घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

खेलको १० मिनेट भित्र २ गोल गर्न सफल भएपनि आर्सनलए सो अग्रता लाई खेलको अन्त्य सम्म कायम राख्न भने सकेन। खेलको ५४ औं मिनेट सम्म खेल बराबरीमा गैसकेको थियो।

आर्सनलका गाब्रियल जेसस र मार्टिन ओडेगार्डले गोल गर्दा वेस्ट ह्यामका सेड मेनरहमा र जारोड वोवेनले बराबरी गोल फर्काएका थिए। खेलको ५२ औ मिनेटमा आर्सनलले पेनाल्टीको अवसर खेर फालेको थियो। पेनाल्टीमा बुकायो साका चुकेका थिए।

यस्तै शनिबार राति म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सानदार जित निकाल्यो। सिटीले घरेलु मैदानमा लेस्टर सिटीलाई सहजे पराजित गर्न सफल भएको हो। सिटीले लेस्टरलाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो।

सिटीले प्रिमियर लिगका पछिल्ला ६ खेल मध्ये ६ नै खेलमा जित निकालेको छ। पछिल्ला १३ खेल मध्ये ११ खेलमा जित निकालेको सिटी सिजन अन्त्य तर्फ अगाडी बढ्दै गर्दा झनै घातक देखिएको छ।

आर्सनलले भने पछिल्ला २ खेलमा ४ अंक गुमाइसकेको छ। पहिला ९ अंक सम्म पुगेको अंक दूरी अहिले चार अंकमा झरेको छ। यस अवस्थामा सिटीले आर्सनल भन्दा एक खेल कम खेलेको छ।

यस्तै सिटी र आर्सनलले एक पटक एक अर्काको सामना गर्न पनि बाँकी छ। सो खेल प्रिमियर लिग उपाधि होडका लागि निर्णायक हुन सकने अनुमान लगाउन सकिन्छ।

अर्को साता बुधबार हुने सो खेलमा जित निकाल्न सकेको खण्डमा सिटीले आर्सनलबाट प्रिमियर लिग उपाधि खोस्न सक्छ। सो खेल जितेको खण्डमा प्रिमियर लिगको उपाधि स्पष्ट रुपमा सिटीको पोल्टामा जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *