June 17, 2024

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले पूर्व क्लब कप्तान लियोनल मेस्सीको क्याम्प नोउमा सम्भावित पुरागमनको बारेमा सकारात्मक जानकारी दिएका छन्।

अर्जेन्टिनी कप्तानको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता यसै सिजनको अन्त्यमा समाप्त हुने हुँदा उनी यो समरमा क्याटालान जाइन्ट्समा फर्किने चर्चा पछिल्लो केही समयबाट चुलिएको छ।

आर्थिक संकटका कारण बार्सिलोनाले उनलाई २०२१ को समर ट्रान्सफर विन्डोमा नयाँ सम्झौता प्रस्ताव नगरेपछि मेस्सी नि:शुल्क ट्रान्सफरमा पेरिस क्लबसँग दुई वर्षीय सम्झौतामा हस्ताक्षर गर्दै सामेल भएका थिए।

वर्तमान लिग १ च्याम्पियनसँग उनले पहिलो सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि एस सिजन भने उनी निकै सानदार लयमा रहेका छन्। ७ पटकका बालोन डी’ ओर विजेताले जारी सिजन पीएसजीका लागि सबै प्रतियोगितामा ३५ खेल खेल्दै २० गोल र १५ असिस्ट प्रदान गरेका छन्।

यद्यपि, फ्रान्सेली क्लबले कथित रूपमा मेस्सीलाई क्लबमा आफ्नो बसाइ लम्ब्याउन मनाउन असफल भएका छन् किनभने उनको दुई वर्षको सम्झौताको म्याद सकिन अब केही महिना मात्र बाँकी रहेको छ।

बार्सिलोना क्लब अध्यक्ष लापोर्टा अर्जेन्टिनाको अन्तर्राष्ट्रिय खेलाडीलाई क्याम्प नोउमा फिर्ता ल्याउन निकै उत्सुक रहेको बताइएको छ, जसपछि बार्सिलोना अर्को सिजन मेस्सीलाई अनुबन्ध गर्न अग्रपंक्तिमा रहेको बुझिएको छ।

उनलाई हालै मात्र एक उत्साहित प्रशंसकले मेस्सीको बार्सिलोनामा फर्किनेछन् कि भनेर प्रश्न गरेका थिए जसमा लापोर्टाले सकारात्मक जवाफ दिए, यसो भने:”एस”

हाल सामाजिक सञ्जालमा निकै चर्चामा रहेको उक्त भिडियो तल रहेको छ:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *