June 14, 2024

एजेन्सी – मोहम्मद सलाहले सोमबार अप्रिल १७ मा लिड्स युनाइटेड विरुद्ध रेड्सको ६-१ को जितमा लिभरपुलका लागि गोल गर्दै प्रिमियर लिगको कीर्तिमान बनाए। लिड्स विरुद्ध टोलीका लागि दोस्रो र व्यक्तिगत पहिलो गोल गर्ने बितिकै सलाहले एक रेकर्ड बनाएका हुन्।

इजिप्टका खेलाडीले लिड्स विरुद्धको खेलको ३९ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए। ३९औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को अवस्थामा पुर्याएका थिए। उनले डिएगो जोटाको पासमा गोल गरेका थिए।

सो गोलसंगै सलाहले प्रिमियर लिगमा एक रेकर्ड बनाएका छन्। ३० वर्षीया अब लिगको इतिहासमा सबैभन्दा बायाँ खुट्टाले गोल गर्ने खेलाडी बनेका छन्। लीड्स विरुद्धको पहिलो हाफमा सालाहको प्रिमियर लिगमा बायाँ खुट्टाले गरेको १०६ औं गोल थियो।

६४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता ४–१ मा पुर्याए । उनले आफ्नो बायाँ खुट्टाले दोस्रो गोल पनि गरे। आफ्नो कीर्तिमानलाई प्रिमियर लिगमा मा १ सय ७ बायाँ खुट्टा गोलहरूमा विस्तार गरे।

सलाहले अहिले प्रिमियर लिगका २२३ खेलमा १३५ गोल गरेका छन् । सन् २०१७ मा आएयता उनले लिभरपुलका लागि २ सय ९७ खेलमा १८२ गोल पनि गरिसकेका छन्।

रेड्स बाहेक इजिप्टियन आक्रमणकारीले आफ्नो करियरको प्रारम्भिक चरणहरूमा प्रिमियर लिगमा चेल्सीको लागि पनि खेले। चेल्सीको बसाई भने सलाहका लागि खासै राम्रो रहन सकेन।

लिभरपुलले इल्यान्ड रोडमा रेलिगेसनको जोखिममा रहेको लिड्सलाई ६-१ ले हराएर तहल्का मच्चायो। लिभरपुलको जितमा क्लबमा चार खेलाडीले गोल गरेका थिए।

लिभरपुलको सानदार जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान दुई गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान एक गोल गर्न सफल भए। लिड्सका लुइस सिनिसटेराले गरेको एक गोल सान्त्वना बन्न पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *