June 17, 2024

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत आज राति अल नासर र क्रिस्टियानो रोनाल्डो एक्सनमा उत्रँदैछन्। साउदी प्रो लिगको २४ औं खेलमा अल नासरले अल हिलालको सामना गर्न लागेको हो।

मंगलबार किंग फहद इन्टरनेशनल स्टेडियममा अल नासरले आज राति १२ बजेर ४५ मिनेटमा अल हिलालको सामना गर्नेछ। अल नासर यति बेला साउदी प्रो लिगको दोस्रो स्थानमा रहेको छ।

अल नासरले सिजनका २३ खेल खेल्दा १६ खेलमा जित निकालेको छ भने २ खेलमा हार बेहोरेको छ। अल नासर ५ खेलमा बराबरीमा रोकिएको छ। अल नासरको ५३ अंक छ। शिर्ष स्थानको अल इत्तिहाद अल नासर भन्दा ३ अंकले अगाडी रहेको छ।

यस्तै अल हिलाल भने साउदी प्रो लिगको चौंथो स्थानमा रहेको छ। अल हिलालको ४६ अंक छ। सिजनका २३ खेलमा उसले १३ खेलमा जित निकालेको छ भने ४ खेलमा हार बेहोरेको छ।

आज हुने खेलमा अल नासर जुनै पनि हालतमा जित निकाल्नु पर्ने दाउमा हुनेछ। अल हिलाल विरुद्धको खेलमा बराबरी वा हार बेहोरेको खण्डमा अल नासर साउदी प्रो लिगको उपाधि होडबाट आउट हुनेछ। साउदी प्रो लिगमा अल नासरले अब ७ खेल मात्र खेल्न बाँकी छ।

हेड टु हेड

अल नासर विरुद्ध अल हिलालको राम्रो रेकर्ड रहेको छ। अल हिलाल र अल नासर ३४ पटक आमने-सामने हुँदै धेरै खेल अल हिलालले जितेको छ। ३४ खेल मध्ये १७ खेलमा अल हिलाल विजयी हुँदा अल नासरले १० खेलमा मात्र जित निकालेको छ।

बाँकी ७ खेल भने बराबरीमा टुंगिएको छ। अल नासर र अल हिलालले दुई टोलीहरू बीच भएका ५ भेटमा २ खेल अल नासर र २ खेल अल हिलालले जितेको अवस्था छ भने एक खेल बराबरीमा टुंगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *