June 22, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी आक्रमणकारी स्टार लियोनल मेस्सीलाई क्लबमा फर्काउनको लागि फाइनान्सियल फेयर प्लेमा थप लचकता सिर्जना गर्ने बारे ला लिगासँग वार्ता गरेको छ।

विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनाले मेस्सी भित्र्याउन फाइनान्सियल फेयर प्लेमा थप लचकता अपनाउन लालिगालाई आग्रह गर्नको लागि लालिगा अधिकारीहरुसँग वार्ता गरेको हो।

बार्सिलोनाले ३५ वर्षीय मेस्सीलाई यो समरमा भित्र्याउन प्रस्ताव तयार पार्ने आफ्नो प्रयासलाई तिब्रता दिएको स्काई स्पोर्ट्सले जनाएको छ। बार्सिलोना अर्को सिजनको लागि आफ्नो खर्च सीमाको बारेमा ला लिगासँग वार्तामा रहेको बताइन्छ।

पीएसजीसँगको सम्झौता सिजनको अन्त्यमा समाप्त भएपछि मेस्सीलाई फ्री ट्रान्सफरमा फिर्ता ल्याउन बार्सिलोना तिब्र रुपमा कम गरिरहेको दावी स्काई स्पोर्ट्सले गरेको छ।

अर्जेन्टिनाका आइकनले सन् २०२१ मा क्याम्प नोउ छोडेका थिए, किनकि क्लबले उनलाई नयाँ सम्झौता प्रस्ताव गर्न सकेको थिएन। बार्सिलोनाले त्यसबेला आर्थिक संकटका कारण चाहना हुँदा हुँदै पनि मेस्सीलाई क्लबमा राख्न सकेको थिएन।

बार्सिलोना आर्थिक संकटमा परेको छ र ला लिगाले २०२१-२२ सिजनमा तीन खेलाडी भित्र्याउँदा आर्थिक सीमा उल्लंघन गरेको आरोप लगाएको छ। उनीहरूले १८ वर्षीय गाभिलाई एकेडेमी खेलाडीको रूपमा पुन: दर्ता गर्न बाध्य पारेका थिए।

ब्लुग्रानाले मेस्सीलाई क्लबमा फर्काउनको लागि खेलाडीहरू अफलोड गर्नुपर्नेछ। खेलाडी र पीएसजी बीच विस्तारमा वार्तामा प्रगतिको कमी भएको छ, जसले ब्लुग्रानालाई प्रोत्साहित गरेको छ।

मेस्सी यस सिजन पीएसजीका लागि उत्कृष्ट लयमा रहेका छन्। सबै प्रतियोगिताभर उनले ३५ खेलमा २० गोल गरेका छन् र १८ असिस्ट गरेका छन्। उनले अर्जेन्टिनाबाट डिसेम्बरमा पहिलो फिफा विश्वकप पनि जितेका थिए।

फरवार्डले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट फर्किएपछि पीएसजीसँग सम्झौता नवीकरण गर्ने अपेक्षा गरिएको थियो। यद्यपि, उनले अर्को सिजनका लागि पेरिसको खेलकुद योजनाहरू बुझ्न चाहेकोले वार्ता रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *