June 22, 2024

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेस्सी र किलीयन एमबाप्पे मे ८ मा पेरिसमा हुन लागेको लौरियस स्पोर्ट्स अवार्डमा सहभागी हुने भएका छन्। दुवै सुपरस्टार उत्कृष्ट एथलीट अवार्डका लागि मनोनयनमा परेका छन्।

टेनिस लिजेन्ड राफेल नाडाल, बास्केटबल दिग्गज स्टेफन करी, पोल भल्टर मोन्डो डुप्लान्टिस र वर्तमान एफ १ च्याम्पियन म्याक्स भर्सटापेन उत्कृष्ट पुरुष एथलीट अवार्डका लागि अन्य मनोनयनमा परेका छन्।

लियोनल मेस्सी र किलीयन एमबाप्पे दुवैले २०२२ फिफा विश्वकपको फाइनलमा आ-आफ्नो देशको नेतृत्व गर्दा निकै उत्कृष्ट २०२२ वर्षको आन्नद लिएका थिए। मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो।

मेस्सीले प्रतियोगितामा मुख्य भूमिका निर्वाह गरेपछि गोल्डेन बल अवार्ड जितेका थिए। यसैबीच, एम्बाप्पेले आठ गोल गर्दै गोल्डेन बुटको अवार्ड जितेका थिए। उनले फाइनलमा ह्याट्रिक समेत गरेका थिए।

राफेल नाडालले भर्खरै मेस्सीलाई यस वर्षको लरियस अवार्ड जित्न समर्थन गरेका थिए। दिग्गज स्पेनियार्डले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखे: “लौरियस स्पोर्ट्सम्यान अफ द इयरको लागि पुन: मनोनीत हुन पाउनु सम्मानको कुरा हो … तर … यो वर्ष … vamos @leomessi te lo mereces tu [लियोनल मेस्सी तपाईं यसको योग्य हुनुहुन्छ]।”

मेस्सीले सम्मानका साथ जवाफ दिएका थिए, उनले यसो भन्दै प्रतिक्रिया दिए: “तपाईं जस्तो उत्कृष्ट एथलीटले मलाई यस्तो भन्दा यसले मलाई नि:शब्द बनायो… धेरै धेरै धन्यवाद @rafaelnadal, तपाईं पनि प्रत्येक चोटि पिचमा जाँदा प्रतिस्पर्धा गर्ने तरिकाको लागि पनि सबै कुराको हकदार हुनुहुन्छ। तपाईं एक विजेता हुनुहुन्छ, हामीसँग अझै धेरै प्रतिस्पर्धा छ? सबैजना यसको योग्य छन् @ laureussport यस वर्ष सत्य !!!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *