June 25, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर नराम्रोसँग चिप्लिएको छ। साउदी प्रो लिग अन्तर्गतको खेलमा गएराति अल नासर नराम्रोसँग चिप्लिएको हो।

गए राति अल नासरले कुनै पनि हालतमा जित्नै पर्ने खेल हार्यो। किंग फहद इन्टरनेशनल स्टेडियममा भएको खेलमा अल नासर अल हिलालसँग पराजित हुन पुग्यो।

बलमा राम्रो नियन्त्रण राख्न नसकेको अल नासरले खुलेर आक्रमण पनि गर्न सकेन। २-० को गोल अन्तरले पराजित भएको खेलमा अल नासरले बलमा मात्रै ४७ प्रतिशत नियन्त्रण राख्न सकेको थियो।

खेलभर अल नासरले कुल ११ प्रहार गरेको थियो। सो प्रहार मध्ये ३ प्रहार टार्गेटमा थिए। तर त्यसमध्ये कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेनन्।

अल हिलालले भने कुल १४ प्रहार गरेको थियो। त्यस मध्ये ६ प्रहार टार्गेटमा थिए र दुई प्रहार गोलमा पनि परिणत भए। अल हिलालले पहिलो हाफमा एक तथा दोस्रो हाफमा एक गोल गरेको थियो।

दुवै गोल पेनाल्टीमा आएका थिए। खेलको ४२ औं र ६२ औ मिनेटमा अल हिलालले पेनाल्टीको अवसर पाएको थियो। दुवै पेनाल्टी प्रहार गर्दा हिलालका ओडियन इघालो चुकेनन्।

दुवै पटक उनले पेनाल्टीमा गोल गरे। यस हारसंगै अल नासरलाई नराम्रो झड्का लागेको छ। साउदी प्रो लिगको उपाधि होडमा अब अल नासरलाई झनै कठिन हुने पक्का भएको छ।

यस अगाडी नै अल नासर शिर्ष स्थानको अल इत्तिहादसँग ३ अंकले पछि परिसकेको थियो। तर अल हिलालसँग हारेपछि अल नासर थप दबाबमा परेको थियो। अल इत्तिहादले अल नासर भन्दा एक खेल कम खेलेको छ।

अल नासर २४ खेलबाट ५३ अंक जोडेर साउदी प्रो लिगको दोस्रो स्थानमा रहेको छ। अल नासरले १६ खेलमा जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ। त्यस्तै ५ खेलमा भने अल नासर बराबरीमा रोकिएको छ।

त्यस्तै अल नासरलाई पराजित गर्ने अल हिलाल भने साउदी प्रो लिगको चौंथो स्थानमा रहेको छ। अल हिलाल अल नासर भन्दा ४ अंकले पछि रहेको छ। तर उसले अल नासर भन्दा एक खेल बढी खेलिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *