June 25, 2024

एजेन्सी – मंगलबार राति रियल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा चेल्सीलाई पराजित गर्यो। रियलले चेल्सीको घरेलु मैदानमा मंगलबार राति सहज जित निकालेको हो।

रियलले चेल्सी विरुद्धको खेलमा बलमा बढी नियन्त्रण राख्न नसकेपनि सठीक आक्रमण सँग-संगै सठीक डिफेन्ड पनि गर्यो। खेलभर रियलले बलमा मात्र ४५ प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर रियलको तर्फबाट मात्र ९ प्रहार भएका थिए। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए भने दुई प्रहार गोलमा परिणत भए। चेल्सीले भने खेलभर बलमा राम्रो नियन्त्रण राखेर पनि गोल गर्न सकेन।

खेलभर चेल्सीले कुल १९ प्रहार गरेको थियो। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेनन्। स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा आएका थिए।

दुवै गोल रोड्रिगोले गरेका थिए। रियलले निरन्तर प्रयास गर्दा पनि गोल गर्न नसकिरहेको अवस्थामा रोड्रिगोले गोल गर्न सफल भएका हुन्। उनले खेलको ५८ औं मिनेटमा रियलका लागि खाता खोलेका थिए।

उनले ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए। गोल गरेपछि उनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको ‘सिउउ’ शैलीमा सेलेब्रेसन गरेका थिए।

गोल गरेपछि धुँडा टेकेर गोलको खुशियाली मनाउने आफूले सोचेपनि आफ्नो आडल रोनाल्डो दिमागमा आएपछि ‘सिउउ’ सेलेब्रेसन गरेको गरेको रोड्रिगोले बताए।

खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा रोड्रिगोले यस्तो बताएका हुन्। उनले भने,”पहिले मैले घुँडा टेकेर सेलेब्रेट गर्ने बारे सोचिरहेको थिएँ तर त्यसपछि मेरा आइडल क्रिस्टियानो दिमागमा आए।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *