June 25, 2024

साउदी अरेबियन क्लब अल-हिलालले अल-नासर फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई गुस्ताभो कुएलरमा पोर्चुगलको हेडलकलाई डब्ल्यु डब्ल्यु ई रेस्लर जोन सीनासँग तुलना गर्दै टिकटकमा एक पोस्ट गरेर ट्रोल गरेको छ।

मंगलबार राति (अप्रिल १८) अल-हिलाल स्टेडियममा नजदको नाइट्स २-० ले पराजित भएको थियो, जसको कारण रोनाल्डोको कप्तानीमा रहेको टोली उपाधि होडमा पछि परेको छ। अल-नासरलाई हिजो राती आफ्ना प्रतिद्वन्द्वीहरूले निकै सजिलै पराजित गरेका थिए।

बलमा राम्रो नियन्त्रण राख्न नसकेको अल नासरले खुलेर आक्रमण पनि गर्न सकेन। २-० को गोल अन्तरले पराजित भएको खेलमा अल नासरले बलमा मात्रै ४७ प्रतिशत नियन्त्रण राख्न सकेको थियो।

खेलको दुवै गोल पेनाल्टीमा आएका थिए। खेलको ४२ औं र ६२ औ मिनेटमा अल हिलालले पेनाल्टीको अवसर पाएको थियो। दुवै पेनाल्टी प्रहार गर्दा हिलालका ओडियन इघालो चुकेनन्।

पोर्चुगिज कप्तानका लागि यो खेल बिर्सिन लायक रहेको थियो। उनका तीनवटै शट शून्य प्रतिशत एक्युरेसी थिए। पाँच पटकका बालोन डी’ओर विजेताले ७७ औं मिनेटमा गरेको गोल अफसाइडको लागि अस्वीकृत भएको थियो र ६ मिनेटपछि भिएआरले पेनाल्टी उल्टाएको थियो।

पोर्चुगिज सुपरस्टारले ५६ औं मिनेटमा अल-हिलालको गुस्ताभो क्युलरलाई हेडलक गर्दै उनलाई लडाएपछि पहेंलो कार्ड पाएका थिए। उक्त फाउलका लागि पहेँलो कार्ड मात्र पाउनु रोनाल्डो भाग्यमानी हुन सक्छन्।

अल-हिलालले क्रिष्टियानो रोनाल्डोको फाउललाई डब्ल्यु डब्ल्यु ई सुपरस्टार जोन सीना र उनको कुश्ती चालसँग तुलना गर्दै टिकटक पोस्ट गर्ने मौका छाडेन। उनीहरूले पृष्ठभूमिमा सीनाको प्रतिष्ठित ‘यु कान्ट सी मी’ थिम गीत पनि बजाएका छन्।

भिडियो तल हेर्न सकिन्छ:

मंगलबारको हार क्रिस्टियानो रोनाल्डो र अल-नासर दुवैका लागि ठूलो धक्का थियो। उनीहरुले अब आफ्नो अन्तिम पाँच लिग खेल मध्ये दुई मात्र जितेका छन् र लिग तालिकामा ५३ अंक जोडेका छन्, लिडर अल-इतिहाद भन्दा तीन अंकले पछि परेको छन्। त्यसमाथि अल-इतिहादको हातमा एक खेल भएको हुँदा यो अंक अन्तर ६ मा पुग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *