June 22, 2024

एजेन्सी – विश्वकप अगाडी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड विरुद्ध कडा प्रहार गरे। नियमित खेल्ने समय पाउन नसकेसँगै रोनाल्डो युनाइटेड विरुद्ध आक्रोशित भएका हुन्।

त्यसबेला रोनाल्डोले क्लबका मालिक देखि प्रशिक्षक सम्मलाई प्रहार गरेका थिए। रोनाल्डोको आक्रोशका कारण युनाइटेडक समर्थक नै उनी विरुद्ध खनिने अवस्था बन्यो। दुई पक्षको सम्बन्ध थप बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्झौता रद्द गरियो।

युनाइटेसँगको सम्झौता रद्द भएसँगै रोनाल्डो क्लब बिहिन भए। तर केहि समय पछि नै उनले साउदी क्लब अल नासरसँग सम्झौता गरे। रोनाल्डोले सन् २०२२ को अन्त्यमा युनाइटेडसँग सम्झौता गरेका हुन्।

अल नासरले फुटबल इतिहाँसकै उच्च पारिश्रमिक दिने भएपछि मात्रै रोनाल्डोले सम्झौता गरेका थिए। साउदीमा रोनाल्डोले प्रतिसिजन २ सय मिलियन युरो पारिश्रमिक पाउने बताइन्छ। अहिले पोर्चुगिज फरवार्ड विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी रहेका छन्।

रियल म्याड्रिड आइकनले अल नासरमा आफ्नो आगमनपछि युरोपमा आफ्नो काम सकिएको बताएका थिए। त्यसबेला उनले युरोपमा जित्न पर्ने केहि पनि नरहेको हुँदा आफू साउदी आएको दावी गरेका थिए।

सो भनाईलाई लिएर धेरैले रोनाल्डो साउदीमै फुटबल करियरको अन्त्य गर्ने पक्षमा रहेको अनुमान गराउने गरेका छन्। तर अल नासरका पूर्व प्रशिक्षक भने सो कुरा मान्न तयार छैनन्।

अल नासरका पूर्व प्रबन्धक रुडी गार्सियाका अनुसार रोनाल्डोले साउदीमा आफ्नो फुटबल करियरको अन्त्य गर्ने छैनन्। साउदी पछि रोनाल्डो युरोप फिर्ता हुने गार्सियाको भनाई छ।

केहि समय अगाडी एक पत्रकार सम्मेलनका क्रममा गार्सियाले रोनाल्डो विश्वका उत्कृष्ट खेलाडीमध्ये रहेको मात्र बताएनन्, रोनाल्डोका कारण डिफेन्डरहरुलाई तितरबितर पार्न सहज भएको पनि बताए।

“क्रिस्टियानो रोनाल्डो एक सकारात्मक थप हुन्। किनकि उनले डिफेन्डरहरूलाई तितरबितर गर्न मद्दत गर्छन्। उनी विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनले अल नासरमा आफ्नो करियर समाप्त गर्दैनन्, उनी युरोप फर्कनेछन्।”,गार्सियाले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *