June 22, 2024

पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार लियोनल मेस्सीले आफू क्याटालोनिया फर्कने हो भने बार्सिलोनालाई आफ्नो टोलीमा जोर्डी अल्बालाई आउँदो समरभन्दा पछि पनि राख्न आग्रह गरेका छन्।

अर्जेन्टिनाका आइकनले सिजनको अन्त्यमा लेस पेरिसियन्सलाई नि:शुल्क एजेन्टको रूपमा छोड्न सक्छन्। जसको कारण पनि ७ पटकका बालोन डी’ ओर विजेता सन् २०२१ मा छाड्नु अघि २१ सिजन बताएका बार्सिलोना फर्किने चर्चा हाल चलिरहेको छ।

यसैबीच, विभिन्न मिडिया रिपोर्टले दाबी गरे अनुसार ३५ वर्षीय स्टारले बार्सिलोना फर्किने पक्षमा निर्णय गर्दै पार्क डेस प्रिन्सेसमा सम्झौता विस्तार प्रस्ताव अस्वीकार गरेका छन्।

यद्यपि, एल नेशनलका अनुसार, स्पोटिफाई क्याम्प नोउमा उनको फिर्ताको महत्त्वपूर्ण सर्त भनेको क्लबले सर्जियो बुस्केट्स र अल्बालाई अर्को सिजनको लागि बोर्डमा राख्नु पर्ने हुनेछ। ३४ वर्षीय मिडफिल्डरको हालको सम्झौता यस सिजनको अन्त्यमा समाप्त हुँदैछ।

बार्सिलोना कप्तानले अहिलेसम्म क्लबसँग आफ्नो सम्झौता नवीकरण गर्न सहमति जनाएका छैनन् र विभिन्न रिपोर्टका अनुसार उनको यो निर्णय अर्को सिजन बार्सिलोनामा मेस्सीको पुनरागमन हुनेछ वा हुँदैन भन्नेमा भर पर्नेछ।

जाभी हर्नान्डेजले हालै मात्र बार्सिलोनामा बुस्केट्सको नवीकरण मेस्सीले क्लबमा अनुबन्धनमा निर्भर नभएको दाबी गरेका छन्। यी तीन खेलाडीले क्याटालोनियामा सँगै नौ सफल वर्ष बिताए, जुन २०१२ को गर्मीमा भ्यालेन्सियाबाट अल्बाको आगमनसँगै सुरु भएको थियो र मेस्सीको बहिर्गमनसँगै समाप्त भएको थियो।

पूर्व स्पेन अन्तराष्ट्रिय टोलीका कप्तान अझै पनि जाभीको टोलीमा निकै महत्वपूर्ण सदस्य रहेका छन्, जसले जारी सिजन ब्लाउग्राना क्लबका लागि ३६ खेल खेलेका छन्। तर स्पेनिस लेफ्ट ब्याकको अवस्था भने त्यस्तो छैन। ३४ वर्षीय खेलाडी पेकिङ अर्डरमा अलेजान्ड्रो बाल्डेभन्दा तल झरेका छन् र उनले यो अवधिमा ला लिगाका १२ खेल मात्र सुरु गरेका छन्।

अल्बाको सम्झौता अर्को सिजनको अन्त्यमा सकिँदैछ। यसैबीच, बार्सिलोनाले लियोनल मेस्सीका लागि कूल वार्षिक पारिश्रमिकमा € २५ मिलियनको साथ दुई वर्षको सम्झौताको तयारी गरिरहेको बताइएको छ। उनले बार्सिलोनालाई नि:शुल्क एजेन्टको रूपमा छोड्नु अघि त्यो रकमको चार गुणा कमाउँदै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *