June 16, 2024

रियल म्याड्रिडका सेन्टर ब्याक डेभिड अलाबा युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग सामना गर्न समयमै फिट हुने बताइएको छ।

अलाबालाई मंगलबार (अप्रिल १८) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सीलाई २-० (समग्रमा ४-०) ले पराजित गर्दा काफमा चोट लागेको थियो। एल चिरिन्गुइटो टिभी पत्रकार जोसे लुइस सान्चेजका अनुसार अस्ट्रियाली स्टार दुई हप्ता बाहिर हुनेछन् तर सिटी टाईको लागि समयमै फिट हुनेछन्।

चेल्सीमाथि शानदार जित निकाल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ। तर खेलको हाफ टाइममा पूर्व बार्यन म्युनिख स्टार चोटका कारण मैदान बाहिर भएपछि उक्त जित केही खल्लो भने भएको थियो।

तर अलाबा मे ९ मा सान्टियागो बर्नाबेउमा हुने पहिलो लेगमा म्यानचेस्टर सिटीसँग सामना गर्न समयमै फिट हुनेछन्। उनी मे ६ मा ओसासुनासँग लस ब्लान्कोसको कोपा डेल रेको फाइनल भिडन्तको लागि पनि समयमै रिकभर हुने सम्भवना रहेको बताइएको छ।

एन्टोनियो रुडिगरले चेल्सीमाथिको जितमा अलाबाको स्थानमा खेलेका थिए र उनी निको हुँदा त्यसो गर्ने अपेक्षा गरिएको छ। कार्लो एन्सेलोटीले नाचो फर्नान्डेजलाई पनि केही खेल समय प्रस्ताव गर्न सक्छन्, जसले यस सिजनमा ब्याकअप विकल्पको रूपमा टोलीलाई गहिराइ प्रदान गरेका छन्।

यस सिजन च्याम्पियन्स लिग जित्न धेरैले प्रमुख दाबेदारको रूपमा हेरेका प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी विरुद्ध आलाबाको पुनरागमन म्याड्रिडका लागि निकै सुखद खबर हुनेछ।

पेप ग्वार्डिओलाको टोलीले बायर्न म्युनिखलाई समग्रमा ४–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। अर्कोतर्फ, दोस्रो सेमीफाइनलमा भने दुई इटालियन इन्टर मिलान र एसी मिलान एक-अर्कासँग आमने सामने हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *