June 16, 2024

काठमाडौँ – नेपालका बायाँ हाते युवा ब्याट्सम्यान कुशल मल्लले एक नयाँ रेकर्ड बनाएका छन्। बायाँ हाते युवा ब्याटर कुशल मल्ल नेपालबाट अन्तर्राष्ट्रिय एकै खेलमा सर्वाधिक छक्का हान्ने खेलाडीको रेकर्ड बनाएका हुन्।

एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ब्याटिङ गर्नेक्रममा १ सय ८ रन बनाए। ओमानविरुद्ध ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रन बनाउन सफल भएका हुन्।

ओमान विरुद्ध उनले कुल १० छक्का प्रहार गरेका थिए। यति धेरै छक्का कुनै पनि नेपाली खेलाडीले एकै खेलमा हानेको रेकर्ड छैन। कुनैपनि अन्तर्राष्ट्रिय खेलमा नेपाली ब्याटरले हानेको सर्वाधिक धेरै छक्का यो नै हो।

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको रुपमा पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए। दुवैले समान ९ छक्का प्रहार गरेका थिए।

ज्ञानेन्द्रले २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध टि२० आईमा ९ छक्का प्रहार गरेका थिए। त्यसबेला उनले ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रन बनाएका थिए।

यस्तै पारस खड्काले सिंगापुरविरुद्ध टि२० आईमा २०१९ ९ छक्का प्रहार गरेका थिए। त्यसबेला उनले ५२ बलमा ७ चौका र ९ छक्कासहित १ सय ६ रन बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *