June 22, 2024

काठमाडौँ – एसीसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदान भएको खेलमा ओमान विरुद्ध जित निकालेसंगै नेपालले रेकर्ड नै रेकर्ड बनाएको छ। ओमान विरुद्ध सानदार जित निकालेसंगै नेपालले रेकर्ड नै रेकर्ड बनाएको हो।

एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पार्यो। कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै नेपाललाई ३ सय १० रनको योगफलमा पुर्याउन सफल भएका थिए।

यो नेपालले एकदिवसीय खेलमा बनाएको सबै भन्दा उच्च स्कोर हो। यसअघि नेपालले गतमहिना आईसीसी विश्वकप लिग-२ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन बनाएको थियो। सो रन नै नेपालले बनाएको उच्च रन थियो। तर सो रेकर्ड तोडिएको छ।

नेपाली टोलीले रेकर्ड बनाउँदा नेपालका दुई खेलाडीले पनि व्यक्तिगत रेकर्ड बनाए। नेपाली बलर सन्दीप लामिछानेले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाए। ओमानसँगको खेलमा पहिलो विकेट लिँदै उनले ओडीआईमा १०० विकेट पुर्‍याए।

उनले ४२ ओडीआई खेलमा १०० विकेट लिएका हुन्। यससंगै उनी सबै भन्दा छिटो १ सय विकेट लिने खेलाडी बनेका छन्। ओडीआईमा सर्वाधिक छिटो १०० विकेट लिने कीर्तिमान अहिलेसम्म अफगानिस्तानका राशिद खानको नाममा थियो। उनले ४४ खेलमा ओडीआईमा १०० विकेट पूरा गरेका थिए। तर सन्दीपले २ कम खेलमै १ सय विकेट पूरा गर्न सफल भए।

त्यस्तै ओमान विरुद्ध धुँवादार ब्याटिङ गरेका कुशल मल्लले पनि दुई रेकर्ड बनाए। मल्लले सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडीको कीर्तिमान बनाउन सफल भए। उनले ५९ बलमा शतक पूरा गरेका हुन्।

यति छिटो शतक कुनै पनि खेलाडीले पूरा गरेको रेकर्ड थिएन। यसअघि ९१ बलमा रोहित पौडेलले शतक प्रहार गरेका थिए। सो नै नेपाली क्रिकेटरले प्रहार गरेको सबै भन्दा छिटो शतक थियो।

कुशलले ५९ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै शतक प्रहार गरे। उनले एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली खेलाडीको रेकर्ड पनि तोडे।

यति धेरै छक्का कुनै पनि नेपाली खेलाडीले एकै खेलमा हानेको रेकर्ड छैन। कुनैपनि अन्तर्राष्ट्रिय खेलमा नेपाली ब्याटरले हानेको सर्वाधिक धेरै छक्का यो नै हो।

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको रुपमा पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए। दुवैले समान ९ छक्का प्रहार गरेका थिए।

ज्ञानेन्द्रले २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध टि२० आईमा ९ छक्का प्रहार गरेका थिए। त्यसबेला उनले ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रन बनाएका थिए।

यस्तै पारस खड्काले सिंगापुरविरुद्ध टि२० आईमा २०१९ ९ छक्का प्रहार गरेका थिए। त्यसबेला उनले ५२ बलमा ७ चौका र ९ छक्कासहित १ सय ६ रन बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *