June 16, 2024

एजेन्सी – अन्ततः आर्सनल प्रिमियर लिग उपाधि होडमा नराम्रोसँग चिप्लिएको छ। प्रिमियर लिगकको अन्तिम स्थानम रहेको टोलीसँग बराबरीमा रोकिएसंगै आर्सनल प्रिमियर लोग उपाधि होडमा चिप्लिएको हो।

इमिरेट्स स्टेडियम लन्डनमा शुक्रबार राति भएको खेलमा आर्सनलले बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमण गरेपनि साउथह्याम्टनलाई पराजित गर्न भने सकेन।

आर्सनलले बलमा ७५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर आर्सनलको तर्फबाट कुल २५ प्रहार भएका थिए। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए भने तीन प्रहार गोलमा परिणत भए।

आर्सनलका लागि गाब्रिएल मार्टिनेली, मार्टिन ओडेगार्ड र बुकायो साकाले गोल गरेका थिए। साउथह्याम्टनका कार्लाेस अल्कारेज, थियो वाल्कोट र डुज कालेटा कारले गोल गरेका थिए।

खेलको चौथो मिनेटमा कार्लाेस अल्कारेजको गोलबाट साउथह्याम्टन अगाडी लागेको थियो। खेलको १४औं मिनेटमा थियो वाल्कोटले गोल गरेपछि साउथह्याम्टन २-० ले अगाडी परेको थियो।

२०औं मिनेटमा गाब्रिएल मार्टिनेलीले आर्सनलका लागि जवाफी ओल फर्लाए। त्यसपछि पहिलो हाफमा कुनै पनि पक्षबाट गोल भएनन्। ६६औं मिनेटमा डुज कालेटाले गोल गर्दा आर्सनल ३-१ को गोल अन्तरले पछि पर्यो।

तर खेलको ८८औं मिनेटमा कप्तान ओडेगार्डले बेन ह्वाइटको पासमा गोल गरे भने इन्ज्युरी समयमा साकाले गोल गर्दै टोलीलाई हारबाट जोगाए। यस बराबरीसंगै आर्सनलले लगातार तीन खेलमा बराबरी खेलेको छ।

यसले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई लाभ मिलेको छ। आर्सनल सिटी भन्दा खेल बढी खेल्दा मात्र ५ अंकले पछाडी छ। लगातार दुई खेलमा जित निकालेको खण्डमा ७५ अंकको आर्सनललाई ७० अंकको आर्सनलले भेट्टाउन सक्छ। साउथह्याम्टन २४ अंक जोडेर लिगको पुछारमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *