June 22, 2024

स्पेनिस क्लब एफसी बार्सिलोनाका प्रबन्धक जाभीसँग अर्को सिजनका लागि ठूला योजना छन् र कम्तिमा तीन नयाँ अनुबन्ध गर्दै केही स्टार खेलाडीलाई प्रारम्भिक ११ मा थप्न उत्सुक रहेका छन्। तर स्पेनियार्डसँग काम गर्नको लागि सीमित बजेट छ र कोष जुटाउन केही खेलाडीहरू बेच्न आवश्यक हुनेछ।

मिररको रिपोर्ट अनुसार जाभीले यस गर्मीमा लियोनल मेस्सी, सेन्ट्रल डिफेन्डर इनिगो मार्टिनेज र मिडफिल्डर इल्के गुन्डोगनलाई आफ्नो टोलीमा थप्न चाहन्छन्। यी तीनै स्टारको सम्झौता आ-आफ्ना हालको क्लबको सिजनको अन्त्यसँगै समाप्त हुने हुँदा सबै नि:शुल्क ट्रान्सफर हुनेछन्।

स्पेनिस प्रशिक्षकको यस्तो योजना सफल भएमा र माथि उल्लेखित तीनै स्टार बार्सिलोनासँग आवद्ध भएको खण्डमा जाभीलाई साँघुरो फर्मेसनमा सर्नुपर्ने हुनसक्छ वा पेड्रि र गाभिलाई फराकिलो मिडफिल्डरको रूपमा प्रयोग गर्नुपर्ने हुनसक्छ।

यद्यपि, यस्तो अवस्थामा जाभीले आफ्नो सुरुवाती ११ मा ओस्मान डेम्बेलेलाई गुमाउनु पर्ने हुनेछ, जो यो सिजन शीर्ष फर्ममा रहे पनि प्रारम्भिक ११ बाट बाहिरिनुपर्ने हुनसक्छ।

अर्को सिजन बार्सिलोनामा जाभीको ड्रिम ११: मार्क-आन्द्रे टेर स्टेगेन; जुल्स कुण्डे, रोनाल्ड अराउजो, इनिगो मार्टिनेज, अलेजान्ड्रो बाल्डे; इल्के गुन्डोगन, फ्रेन्की डे जोंग, पेड्रि; गाभि, लियोनल मेस्सी, रोबर्ट लेवान्डोस्की

मेस्सी बार्सिलोना फिर्ती नजिक ? 

लियोनल मेस्सीले बार्सिलोना फर्किने सम्भावित वार्ताका बीच पीएसजीसँगको सम्झौता नवीकरण वार्ता अन्त्य गरेको बताइएको छ। अर्जेन्टिनी कप्तान क्याम्प नाउमा फर्कन तयार रहेको र तलब कटौती गर्न पनि चासो देखाएको बताइएको छ।

पत्रकार जोस अल्भारेजले एल चिरिन्गुइटो टिभीमा यसो भने: “मेस्सी तलब कटौती गर्न र बार्सिलोनाको अवस्था अनुसार तलब मिलाउन तयार छन्। लापोर्टाले उनीसँग आमनेसामने कुरा गर्नुपर्छ। लियोले स्पोटिफाई क्याम्प नोउमा फ्यानहरूले आफ्नो नामको नारा लगाएको देखेका छन्। मेस्सीको पुनरागमनको पक्षमा नभएका क्लबका मानिसहरूले पनि अब यो ठूलो आर्थिक वृद्धि हुने कुरा बुझेका छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *