June 14, 2024

पूर्व आर्सनल प्रशिक्षक आर्सेन वेङ्गरले युइएफए च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई हराएर एसी मिलानको सामना गर्ने भविष्यवाणी गरेका छन्।

बुधबार (अप्रिल १९) मा बायर्न म्युनिखसँग १–१ को बराबरी (समग्र ४–१ को जित) पछि सिटीजेन्स सेमिफाइनलमा पुगेको हो। पेप गार्डियोलाका टोलीले जर्मन च्याम्पियन विरुद्धको टाई नियन्त्रण गरे र म्याड्रिड विरुद्ध हल्का फेभरेट हुनेछन्।

अर्कोतर्फ, मंगलबार भएको खेलमा चेल्सीलाई २-० (समग्र ४-०) ले पराजित गर्दै लस मेरेन्गुएसले अन्तिम चारमा स्थान पक्का गरेको हो। यसको मतलब म्यानचेस्टर सिटी र म्याड्रिड लगातार दोस्रो सिजन सेमिफाइनलमा भिड्नेछन्।

यसैबीच अर्को सेमिफाइनलमा एसी मिलानले इन्टर मिलानसँग खेल्नेछ। एसी मिलानले सेरी ए लिडर नापोलीलाई समग्रमा २-१ ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो भने इन्टर मिलानले पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ५-३ ले पराजित गर्दै सेमीफाइनलमा मिलान डर्बीको समीकरण पूरा गरेको हो।

दिग्गज पूर्व आर्सनल प्रबन्धक वेङ्गरले बेइन स्पोर्ट्ससँग कुरा गर्दै सेमीफाइनलका दुई खेलमा सिटी र रोसोनेरीलाई विजयी बनाउन समर्थन गरेका छन्। उनले भने,”म अहिले भन्छु कि म मिलानलाई थोरै फाइदा दिन्छु र सिटीलाई थोरै फाइदा दिन्छु। उनीहरूको रक्षात्मक स्थिरताको कारण र किनभने सायद रियल म्याड्रिड रक्षात्मक रूपमा अलि बढी कमजोर छ।”

म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले यस सिजन च्याम्पियन्स लिगका ८ खेलमा १२ गोल गरेका छन्। उनी यस अवधिमा प्रतिस्पर्धाको शीर्ष स्कोरर हुन्, तर वेङ्गरले म्याड्रिडको खतरालाई पनि स्वीकार गरे: “तर रियल म्याड्रिड रियल म्याड्रिड हो; तिनीहरू जो कोही विरुद्ध गोल गर्न सक्छन्, र त्यसैले यो धेरै खुला छ।”

सिटीले मे ९ मा सान्टियागो बर्नाबेउमा पहिलो लेगमा लस ब्लान्कोससँग खेल्नेछ भने आठ दिनपछि इतिहादमा साविकको च्याम्पियनलाई स्वागत गर्नेछ। यी दुई टोलीले गत सिजन रोमाञ्चक सेमिफाइनल खेलेका थिए, जसमा कार्लो एन्सेलोट्टीको टोलीले समग्रमा ६-५ ले जित निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *