June 25, 2024

एजेन्सी – कतारमा सम्पन्न विश्वकपमा मेस्सीले उच्च प्रदर्शन गरे। विश्वकपका सबै चरणमा मेस्सीले गोल गर्न सफल भए। समूह चरणमा गोल गर्न सुरु गरेका मेस्सीले विश्वकपको फाइनल सम्म नै गोल गरे।

मेस्सीले विश्वकपभर कुल ७ गोल गरेका थिए भने ३ असिस्ट पनि दिएका थिए। विश्वकपभर गरेको उच्च प्रदर्शनकै आधारमा मेस्सी विश्वकपको उत्कृष्ट खेलाडी घोषित भएका थिए। अर्जेन्टिनाले विश्वकप जितेसँगै मेस्सीको ट्रफी क्याबिनेट पूरा भयो।

यसैबीच विश्वकप जितेयता विभिन्न व्यक्तिगत अवार्डहरुमा पनि मेस्सीकै वर्चस्व हुन थालेको छ। धेरै खेलकुद अवार्डहरुमा मेस्सीले नै बाजी मार्दै आएका छन्। मेस्सीले हालसालै एकसाथ तीन अवार्ड हात पारेका छन्।

मेस्सीलाई इन्टरनेशनल फुटबल हिस्ट्री एण्ड स्ट्याटिस्टिक्स फेडेरेसन (IFFHS)ले एक साथ दिन अवार्ड प्रदान गरेको हो। सो संस्थाले मेस्सीलाई IFFHS विश्वको सर्वश्रेष्ठ खेलाडी, IFFHS विश्वको सर्वश्रेष्ठ प्लेमेकर, र IFFHS विश्वको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय गोलकर्ताको अवार्ड प्रदान गरेको छ।

मेस्सीले सामाजिक संजालमा तीनै अवार्डसँगका तस्विरहरु राखेका छन्। तस्विर राख्दै उनले अवार्ड दिने सो संस्थालाई धन्यवाद दिएका छन् भने अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्ति गरेका छन्।

“अन्तर्राष्ट्रिय फुटबल इतिहास र तथ्याङ्क महासंघ (IFFHS) बाट 2022 को लागि यी तीन पुरस्कारहरू: IFFHS विश्वको सर्वश्रेष्ठ खेलाडी, IFFHS विश्वको सर्वश्रेष्ठ खेलाडी र IFFHS विश्वको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय गोल स्कोरर प्राप्त गर्न पाउनु एउटा सम्मान थियो। धन्यवाद!!!”,मेस्सीले सामाजिक संजालमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *