June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले नयाँ गन्तव्य खोज्नुपर्ने भएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा रहने अवस्था नदेखिएसँगै मेस्सीले नयाँ क्लब खोज्नपर्ने भएको हो।

मेस्सी सन् २०२१ मा पिएसजी आइपुगेका थिए। पहिलो सिजन खासै राम्रो नगएपनि मेस्सीले पिएसजीका लागि राम्रो प्रदर्शन गरिरहेका छन्। मेस्सीले यस सिजन पिएसजीका लागि ३६ खेल खेल्दा २० गोल गरेका छन् भने १९ असिस्ट दिएका छन्।

मेस्सी र पिएसजी बीच सम्झौता थप गर्नेगरी विश्वकपकै क्रममा मौखिक सहमति भएको थियो। तर पिएसजीले कम पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गरेसंगै मेस्सीले क्लब छाड्ने अवस्था बनेको छ।

कम पारिश्रमिक लिनुपरेको खण्डमा मेस्सीले पिएसजी छाड्ने बताइन्छ। पिएसजी छाड्नु पर्ने अवस्था देखिएसंगै मेस्सीले नयाँ गन्तव्यको खोजिमा जुटिसकेका छन्। मेस्सी बार्सिलोना जाने उच्च सम्भावना रहेको बताइन्छ।

तर बार्सिलोना आर्थिक संकटमा छ र उसले मेस्सी भित्र्याउनको लागि क्लबको पारिश्रमिक खर्चमा कटौती गर्नुपर्नेछ। बार्सिलोना यति बेला क्लबका केहि खेलाडी बिक्री गर्ने योजना सहित अगाडी बढिरहेको छ।

बार्सिलोना फिर्ता हुन नसकेको खण्डमा मेस्सीले युरोपमै अर्को क्लब जाने योजना बनाउन सक्छन्। मेस्सीलाई युरोपको कुन-कुन क्लबले चाहन्छन् भन्ने कुरा समय बित्दै जाँदा थाहा हुनेछ। हालको अवस्थामा मेस्सीलाई इन्टर मिलानले भित्र्याउन चाहेको छ।

त्यस्तै अमेरिकी तथा साउदी अरेबियन क्लबहरु पनि मेस्सी भित्र्याउने दौडमा छन्। मेस्सीलाई साउदी अरेबियाको अल हिलालले त ४ सय मिलियन युरो सम्मको पारिश्रमिक अफर गरेको विभिन्न खेल मिडियाहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *