June 25, 2024

एजेन्सी – साउदी क्लब अल नासर अब उपाधि बिहिन बन्ने अवस्था शिर्जना भएको छ। अल नासर किङ कप अफ च्याम्पियन्सबाट बाहिरिएसँगै उपाधि बिहिन हुने सम्भावना बढेको हो।

सोमबार राति अल नासर कम्जोर आँकिएको टोली अल वेहदा विरुद्धको खेलमा पराजित हुन पुग्यो। अल वेहदा १० खेलाडीमा समेटिंदा पनि अल नासरले जित निकाल्न असफल भयो। बलमा निरन्तर नियन्त्रण राखेर आक्रमण गर्दा पनि अल नासरले गोल गर्न सकेन।

खेलभर बलमा अल नासरको ६६ प्रतिशत नियन्त्रण थियो। अल नासरले खेलभर कुल २४ प्रहार गरेको थियो। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेन।

यस्तै अल वेहदाको तर्फबाट भने कुल ५ प्रहार भएको थियो। त्यसमध्ये मात्र एक प्रहारमा थियो र सोहि प्रहार गोलमा परिणत भयो। अल वेहदाले पहिलो हाफमै अग्रता लिन सफल भएको थियो।

खेलको २३ औं मिनेटमा जीन डेभिड बेगुएलले गरेको गोल नै निर्णायक बन्न पुग्यो। त्यसपछि कुनै पनि टोलील गोल गर्न सकेनन्। खेलको ५३ औं मिनेटमा आल वेहदा १० खेलाडीमा समेटिन पुग्यो।

त्यसपछि अल नासरले निरन्तर आक्रमणको प्रयास गरेको थियो। तर अल वेहदाका डिफेन्डरहरुले धेरै राम्रोसँग डिफेन्ड गर्दा अल नासर हार बेहोर्दै प्रतियोगितबाट बाहिरिन बाध्य भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *