June 14, 2024

काठमाडौँ – एसिसी प्रिमियर कपमा घरेलु टोली नेपाल र साउदी अरेबिया बीचको खेल रद्द हुन पुग्यो। तय भएको दिनभर पानी पर्दा खेल रद्द हुन् पुगेको हो। खेल रद्द भएसँगै नेपाल र साउदी दुवैले एक-एक अंक बाँडे।

एक अंक प्राप्त गर्दा नेपालले सेमिफाइनलको यात्रा तय गर्यो। नेपाल मात्र होइन साउदीलाई पनि खेल रद्द हुँदा लाभ भयो। नेपालसँगको खेल हुन नसकेपछि साउदीको सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनेको छ।

साउदीले ३ खेलमा १ मा जित निकाल्दा र १ मा हार बेहोरेको छ। एक खेल बराबरी सहित साउदीले ३ अंक बटुलेको छ। साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो। त्यसपछि भएको खेलमा साउदीले कतारलाई पराजित गरेको थियो। साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा कतारलाई ७ विकेटले हराएको थियो।

नेपालसँगको खेल हारेको भए साउदीका लागि धेरै गार्हो हुन सक्थ्यो। तर खेल रद्द हुँदा साउदीलाई धेरै फाइदा भएको छ। साउदीले समूहचरणको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्दैछ। ओमान विरुद्ध जित निकाल्ने हो भने साउदी सेमिफाइनलमा पुग्नेछ।

ओमानले यस अगाडीका तीन खेल मध्ये २ खेलमा जित निकालेको छ भने एक खेलमा हार बेहोरेको छ। ओमान ४ अंकका साथ दोस्रो स्थानमा छ। ओमान विरुद्धको खेल साउदीका लागि धेरै नै महत्वपूर्ण हुनेछ। ओमानलाई पराजित गरेको खण्डमा साउदी सेमिफाइनलमा पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *